नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अध्यक्षमा सम्भु प्रसाद फुयाँल सर्वसम्मत चयन

5 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
मंसिर ११, तामाकोशी ।
नेकपा माओबादी केन्द्र तामाकोशी गाउँपालिकाले शम्भु प्रसाद फुयाँलको अध्यक्षतामा ५५ जनाको पालिका कमिटी सर्वसम्मत चयन गरेको छ ।
आज भएको प्रथम तामाकोशी गाउँपालिका सम्मेलनबाट उपाध्यक्ष टंक बहादुर खाती (उद्दव), सुरेश उप्रेती, मोनिका फुयाँल, सचिव राजु शर्मा, सह सचिव बद्रि पौडेल, कोषाध्यक्ष सुमन मिजार चयन हुनुभएको हो ।
प्रथम सम्मेलनका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गंगा कार्की (विश्व)ले माओवादीको योगदानले नै देशमा गणतन्त्र आउँन सफल भएको र गाउँगाउँमा सिंह दरवार पनि माओवादीको मुख्या एजेण्डा भएको बाताउँनु भयो । कार्कीले माओवादीको योगदान सँगसँगै आफुले भोगेका विगतको चर्चा गर्नु भएको थियो । हाल राजनितिक अवस्था जटिल रहेको र यस्लाई जोगाई देश विकास गर्न पुन माओवादीलाई जिताउँनु पर्ने कार्कीको भनाई थियो ।
केन्द्रिय सदस्य गंगा कार्की (विश्व)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्र दोलखा नेता बासुदेव पोखरेल (आकास), नविन श्रेष्ठ, नेत्र बहादुर के.सी., उपेन्द्र अधिकारी लगाएतले मन्तव्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..