एकता र सदभाव सहित अघि बढ्न कांग्रेस नेता यादवको आहवान

4 दिन पहिले प्रकाशित

दिपक श्रेष्ठ मण्डल

राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते

नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा निर्माणमन्त्री रामसरोज यादवले पार्टीभित्र एकता र सदभाव कायम राख्दै संगठन सुदृढ बनाउन नेता तथा कार्यकर्तालाई आहवान गर्नुभएको छ।

धनौजी गाउँपालिका कार्यसमिति द्वारा आयोजित दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य यादवले रामचरितमानसको चौपाई “जहाँ सुमति तहाँ सम्पति नाना। जहाँ कुमति तहाँ विपति निधाना।” उद्धृत गर्दै असल सोच, आपसी समझदारी र एकताबाटै सफलता हासिल गर्न सकिने बताउनुभयो।

 

उहाँले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार तथा सुदृढीकरणमा जुट्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो। आफू दुई पटक निर्वाचनमा विजयी भइसकेको उल्लेख गर्दै यादवले आगामी निर्वाचनमा पनि पार्टीका नेता तथा कार्यकर्ताको साथ, सहयोग र सदभाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

 

यादवले वर्तमान केन्द्र सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रदेश र स्थानीय तहमा नेपाली कांग्रेसको नेतृत्व स्थापित गर्न सके पार्टी तथा जनताको हितमा काम गर्न सहज हुने धारणा राख्नुभयो।

 

धनौजी गाउँपालिका कार्यसमितिका सभापति उदय कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका नेता, जनप्रतिनिधि, महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको सहभागिता थियो। कार्यक्रममा दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान गर्दै आपसी भाइचारा, सद्भाव र पार्टीभित्रको एकतालाई थप सुदृढ बनाउने सन्देश प्रवाह गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..