सबैला–१० मा रास्वपाको वडा कार्यालय उद्घाटन, सुशासन र जनसेवामा जोड

5 दिन पहिले प्रकाशित

 

परमेश्वर साह

राष्ट्रिय आवाज, धनुषा, कार्तिक ८ गते 

धनुषाको सबैला नगरपालिका–१० खरिहानीमा आज आईतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा कार्यालय उद्घाटन, चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

 

‘स्वच्छ राजनीति, समृद्ध नेपाल, सबल समाज’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

 

वडा कार्यसमितिका सभापति राम उदगार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रास्वपाका नेता किशोरी साह प्रमुख अतिथि तथा मधेस प्रदेश र्‍याट विभाग प्रमुख एवं संगठन विभाग उपप्रमुख अम्भु प्रसाद साह विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

 

* सुशासन र जनताको जीवनमा परिवर्तन ल्याउनुपर्छ : किशोरी साह

कार्यक्रमका प्रमुख अतिथि किशोरी साहले राजनीतिलाई सत्ता प्राप्ति र व्यक्तिगत स्वार्थको माध्यम नभई जनताको सेवा र देशको विकास गर्ने जिम्मेवारीका रूपमा लिनुपर्ने विचार व्यक्त गरे।

 

उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा सुधार, शिक्षा र स्वास्थ्यमा सहज पहुँच तथा युवाका लागि स्वदेशमै रोजगारी सिर्जना गर्नु समसामयिक राजनीतिको प्रमुख आवश्यकता रहेको विषयमा जोड दिए।जनताले राजनीतिक दलबाट केवल आश्वासन नभई व्यवहारमा देखिने परिणाम खोजिरहेको उल्लेख गर्दै उनले राजनीति र शासन प्रणालीलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको धारणा राखे।

 

उनका अनुसार परिवर्तनको अनुभूति नागरिकले आफ्नै गाउँ, वडा र नगरबाट गर्न पाउनुपर्छ। स्थानीय तहमा नागरिकका समस्या सुन्ने, विकास निर्माणमा पारदर्शिता कायम गर्ने र सार्वजनिक स्रोतको सदुपयोग गर्ने अभ्यासले मात्रै जनविश्वास बलियो बनाउन सक्छ।

 

* संगठन विस्तार सँगै जनताको सेवामा सक्रिय हुनुपर्छ : अम्भु प्रसाद 

कार्यक्रमका विशिष्ट अतिथि अम्भु प्रसाद साहले राजनीतिक संगठनको वास्तविक शक्ति कार्यालय र सदस्य सङ्ख्यामा मात्र नभई जनतासँगको सम्बन्ध, सेवाभाव र जिम्मेवारी निर्वाहमा निहित हुने विचार व्यक्त गरे।

 

उनले रास्वपाका नेता तथा कार्यकर्ता लाई जनताका समस्या नजिकबाट बुझ्न, स्थानीय आवश्यकताका आधारमा काम गर्न र राजनीतिक प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।

 

मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक निकायमा जवाफदेहिता तथा युवाको भविष्यसँग जोडिएका विषयमा नागरिकको अपेक्षा बढिरहेको सन्दर्भमा राजनीतिक दलहरूले आफ्ना गतिविधि लाई जनसरोकार सँग जोड्नुपर्ने उनको भनाइ रहेको थियो।

 

साहले वडा तहको संगठनलाई जनताको गुनासो सुन्ने, स्थानीय समस्याको पहिचान गर्ने र समाधानका लागि सम्बन्धित निकाय सँग समन्वय गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने विचार राखे। उनका अनुसार जनताको विश्वास जित्न भाषण भन्दा काम, आश्वासन भन्दा परिणाम र पदभन्दा सेवाभाव लाई प्राथमिकता दिन आवश्यक छ।

 

* स्थानीय तहबाटै परिवर्तनको सुरुवात

कार्यक्रममा वडा कार्यालय सञ्चालनसँगै स्थानीय नागरिकसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, जनगुनासो सुन्ने तथा जनसरोकारका विषयमा छलफल र समन्वय गर्ने अपेक्षा व्यक्त गरिएको थियो।चियापान तथा शुभकामना आदानप्रदान मार्फत आपसी सद्भाव, सहकार्य र सामाजिक एकतालाई थप मजबुत बनाउने सन्देश समेत दिइएको थियो।

 

कार्यक्रमले स्थानीय तहमा संगठनात्मक गतिविधि विस्तारसँगै जनताको दैनिक जीवनसँग सम्बन्धित विषयलाई राजनीतिक बहसको केन्द्रमा ल्याउनुपर्ने आवश्यकतालाई उजागर गरेको छ। उलेख्य सहभागीता रहेकाे कार्यक्रममा विन्देश्वर राउत-सबैला नगरपालिका २ रास्वापा सभापती, जमुना प्रसाद राय,स्थानीय रास्वपा नेता छत्रभुज महतो लागायतकाले आ आफ्नो मनतव्यराखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..