विद्यालय शिक्षा योजना स्थानीय करणमा नागरिक समाजको सक्रिय सहभागितामा जोड

2 घन्टा पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, कार्तिक १३ गते

विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानीयकरणका लागि नागरिक समाजसहित सबै सरोकारवालाबीच सहकार्य, समन्वय र जवाफदेहिता आवश्यक रहेकोमा जोड दिइएको छ।

जनकपुरधाम स्थित जानकी स्टार होटलमा आज शुक्रबार ‘शिक्षामा नागरिक समाजको सहभागिता’ विषयमा विद्यालय शिक्षा क्षेत्र योजना स्थानीयकरण सम्बन्धी नीति संवाद तथा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ।

एनसीई नेपालका केन्द्रीय सचिव कमलेश मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सरकारको शिक्षा मन्त्रालयकी शिक्षा अधिकृत संगीता गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रमको सहजिकरण सन्तोष महर्जन र ग्लोबल एक्सन नेपालका कार्यक्रम निर्देशक श्रीकृष्ण वेन्जुले गरेका थिए ।

 

गोष्ठीमा विद्यालय शिक्षाको गुणस्तर सुधार, स्थानीय आवश्यकता अनुसार शिक्षा क्षेत्रका योजना कार्यान्वयन, विद्यार्थीको सिकाइ उपलब्धि तथा शैक्षिक विकासमा नागरिक समाजको भूमिकाबारे छलफल गरिएको थियो।

कार्यक्रममा शिक्षा क्षेत्रका प्रतिनिधि, सामुदायिक संस्थाका पदाधिकारी, नागरिक समाजका अगुवा तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। हनुमान सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष उषादेवी साह लगायत करिब चार दर्जन सहभागीले शिक्षा सुधारका विविध पक्षमा विचार राखेका थिए।

छलफलका क्रममा शिक्षा सुधारको जिम्मेवारी सरकार र विद्यालयमा मात्र सीमित नराखी अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तह तथा नागरिक समाजलाई समेत सहभागी गराउनुपर्ने आवश्यकतामा जोड दिइएको थियो।

* स्थानीय आवश्यकतासँग जोडिनुपर्छ शिक्षा योजना

विद्यालय शिक्षा क्षेत्र योजनालाई कागजी नीतिमा सीमित नराखी स्थानीय तहको वास्तविक अवस्था, आवश्यकता र प्राथमिकतासँग जोडेर कार्यान्वयन गर्नुपर्ने देखिन्छ। विशेषगरी मधेश प्रदेशमा विद्यालय शिक्षामा पहुँच विस्तारसँगै सिकाइको गुणस्तर, बालिका शिक्षा, विद्यालयमा नियमित उपस्थिति तथा आर्थिक र सामाजिक रूपमा पछाडि परेका समुदायका बालबालिकाको शैक्षिक अवसर सुनिश्चित गर्नु चुनौतीका रूपमा रहेको छ।

शिक्षा क्षेत्रमा विनियोजित स्रोतको प्रभावकारी उपयोग, योजनाको पारदर्शी कार्यान्वयन र उपलब्धिको नियमित अनुगमनका लागि नागरिक समाजको रचनात्मक सहभागिता महत्त्वपूर्ण हुन्छ। नीति निर्माण तहदेखि कार्यान्वयनसम्म सरोकारवालाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सके मात्र शिक्षासम्बन्धी योजनाले अपेक्षित परिणाम दिन सक्छ।

युरोपेली संघको सहयोग र एनसिई नेपाल, ग्लोबल एक्सन नेपाल र नेपाल अपाङ्ग महिला संघको संयुक्त साझेदारीमा आयोजित एकदिने गोष्ठीले विद्यालय शिक्षा सुधारमा साझा जिम्मेवारी र स्थानीय तहमा योजनाको प्रभावकारी कार्यान्वयन बारे संवाद गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..