गेरुकाधाम सरोकार समाजद्वारा कर्मचारी मिलन तथा सम्मान कार्यक्रम सम्पन्न

6 दिन पहिले प्रकाशित

गेरुकाधाम सरोकार समाजद्वारा कर्मचारी मिलन तथा सम्मान कार्यक्रम सम्पन्न

 

मोनु गुप्ता 

महोत्तरी, कार्तिक ७ गते

महोत्तरीको लोहरपट्टी नगरपालिका–४, पिपराढीस्थित श्री गेरुकाधाम सरोकार समाजले गेरुकाधाम नदी सरसफाइ तथा संरक्षण अभियानको गौरवमय १९४औँ सप्ताहको अवसरमा कर्मचारी मिलन तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।

 

समाजका अध्यक्ष अभियानी बृजकिशोर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा जागेश्वर कापड तथा विशिष्ट अतिथिका रूपमा हरिशचन्द्र यादव अभियानी सरोज कुमार यादव ,रबिन्द्र कुमार यादव 

श्याम साह र संतोष कुमार यादव लगायतको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा गेरुकाधाम नदीको सरसफाइ, संरक्षण , शिक्षा तथा धार्मिक महत्त्वको प्रवर्द्धनमा समाजले खेल्दै आएको भूमिकाबारे चर्चा गरिएको थियो। गेरुकाधाम धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण स्थल भएकाले यसको संरक्षण र सम्वर्द्धनमा सबैको साझा प्रयास आवश्यक रहेको वक्ताहरूले जोड दिएका थिए।

 

* गेरुकाधामको संरक्षण र सम्वर्द्धनमा अग्रणी भूमिका

श्री गेरुकाधाम सरोकार समाजले धार्मिक स्थलको संरक्षण, नदीको सरसफाइ, वातावरणीय स्वच्छता र धार्मिक पर्यटनको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। नदी तथा धार्मिक सम्पदाको संरक्षण सँगै स्थानीय समुदायमा सरसफाइ प्रति जागरुकता फैलाउने समाजको अभियान प्रशंसनीय रहेको छ।

 

कार्यक्रमले कर्मचारी बीच आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाउनुका साथै गेरुकाधामको धार्मिक तथा सांस्कृतिक महत्त्व उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।समाजले आगामी दिनमा पनि गेरुकाधाम नदीको सरसफाइ, संरक्षण र धार्मिक सम्पदाको सम्वर्द्धन अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..