चलचित्र प्रतिवैरम चार भाषामा प्रदर्शन हुने
13 दिन पहिले प्रकाशित
राष्ट्रिय आवाज
जनकपुरधाम, असोज ३१ गते शनिबार
नेपाली चलचित्र ‘प्रतिवैरम्’ आगामी मंसिर ४ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ। चलचित्रको प्रचार प्रसारका क्रममा आज शनिबार जनकपुरधाम स्थित रघुपति होटलमा आयोजित प्रेस मिटमा निर्माण टिमले नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा प्रदर्शन गर्ने जानकारी दिएको हो।
निर्देशक रोशन दासको निर्देशनमा बनेको चलचित्रमा मधेशको सामाजिक परिवेश, संस्कृति, सम्बन्ध, अपराध र बदलाको कथालाई समेटिएको छ। कार्यक्रममा निर्माण पक्षले स्थानीय दर्शक, पत्रकार तथा सञ्चारमाध्यम सँग सहयोगको अपेक्षा गरेको थियो।
चलचित्रको मैथिली गीत ‘मिता रे’ मा दाजु–बहिनीबीचको आत्मीय सम्बन्ध र पारिवारिक भावनालाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। चलचित्रमा सम्राट दास, बिरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण बिक, आशिष डिके र रमेश बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको छ।नेसनल सिनेमा ग्रुप नेपालले वितरण गर्ने चलचित्रको कथा रोशन दासले लेखेका हुन् भने पटकथा तथा संवाद युवराज भट्टराईले तयार पारेका छन्।