नेकपा एमाले तामाकोशी गाउँपालिका कमिटी गठन, अध्यक्षमा नारायण ध्वज खड्का सर्वसम्मत चयन

5 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
कात्तिक १५, तामाकोशी । 

तामाकोशी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वडा कमिटी हुदै पालिका कमिटी गठन भएको छ ।

आज भएको कार्यक्रम मार्फत नेकपा एमालेका नेता नारायण ध्वज खड्काको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी गठन भएको हो । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालू डाँडागाउँमा भएको कार्यक्रममा उपाध्यक्ष, उर्मिला खड्का के.सी., सचिव होम बहाखुर श्रेष्ठ, उप सचिव ज्ञनेन्द्र के.सी., खुस बहादुर सुनुवार चयन हुनुभएको छ । पालिका कमिटीमा पालिका भित्रका सम्पुर्ण वडालाई समेटेर ७५ जनाको कमिटी गठन भएको हो । यस्तै अर्जुन सुनुवारको अध्यक्षतामा ७५ सदस्यीय युवा संघ पालिका कमिटी गठन गरिएको छ । नव र्निवाचित पदाधिकारीलाई नेकपा एमाले बागमती प्रदेश अध्यक्ष तथा पुर्व मन्त्री आनन्द प्रसाद पोखरेलले टीका र मलालगाएर बधाई तथा शुभकामना दिनु भएको थियो । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ईश्वर चन्द्र पोखरेलले सपथ ग्रहण गरानु भएको थियो ।
नेकपा एमाले तामाकोशी गाउँपालिका प्रथम अधिवेसनमा नेकपा एमाले बागमती प्रदेश सदस्य तथा जिल्ला कमिटी अध्यक्ष ईश्वर चन्द्र पोखरेल, बगमती प्रदेश सदस्य भरत बहादुर के.सी, जिल्ला कमिटी सदस्य केशव चौलागाँइ, युवासंघ नेपाल दोलखाका अध्यक्ष तथा केन्द्रिय सचिवालय सदस्य धिरज सुवेदी, अनेरास्ववियू केन्द्रिय स्थायी कमिटी सदस्य तथा बगमती प्रदेस सह इन्र्चज अभिसेक सुवेदी, जिल्ला कमिटी सदस्य कृष्ण बस्नेत, सुन्दर कार्की, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..