ओलीले बोलाए महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक

5 वर्ष पहिले प्रकाशित

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका छन् । बैठक विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

वैशाख १० गते पनि महाधिवेशन आयोजक समितिको बैठक बसेको थियो । एमालेका एक नेताले दुई दिनपछि नै फेरि सोही समितिको बैठक आह्वान गर्नुलाई अर्थपूर्ण मानिएको बताए ।

अघिल्लो पटकको बैठकले कर्णाली प्रदेशका चार प्रदेशसभा सदस्यहरुलाई पदबाट हटाउने निर्णय गरेको थियो । स्पष्टीकरण सोधिएका अन्य सांसदहरुमाथिको कारबाहीबारे आजको बैठकमा छलफल हुने अनुमान एमाले नेताहरुले गरेका छन् ।

पार्टीमा गुटगत गतिविधि गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले संघ र प्रदेशका २७ सांसदहरुलाई स्पष्टीकरण सोधेका थिए । कर्णालीका चार सांसदहरुलाई पदबाट हटाइए पनि बाँकी २४ जनाको बारेमा निर्णय हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..