बाजागाजासहित भोट नमाग्न आयोगको निर्देशन

4 वर्ष पहिले प्रकाशित

काठमाडौं,कात्तिक ३, २०७९
वेलकम संवाददाता
निर्वाचन आयोगले बाजागाजासहित भोट नमाग्न राजनीतिक दलहरूलाई निर्देशन गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा निर्वाचन आचारसंहिता पालना गर्न आयोगले आग्रह गरेको हो ।
राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा चौबिस घण्टा अगावै जानकारी गराउनुपर्ने आयोगले जनाएको छ ।
यस्तै बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र त्यस्ता कार्यक्रम गर्नुपर्ने, घरदैलोमा जाँदा उम्मेदवारले पच्चीस जनाभन्दा बढीको जुलुस लिएर जान नहुने आयोगको भनाई छ । बाजागाजा तथा झाँकीसहित जान नहुने, यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्न नहुने तर्फपनि आयोगले सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..