जीवन घिमिरेले पनि पाए एमालेबाट टिकट,आधिकारिक उम्मेदवार मै हुँ – जसपाका सिंहको दबी

4 वर्ष पहिले प्रकाशित

२३ असोज, विराटनगर । जसपाको भागमा परेको मोरङ क्षेत्र नम्बर ४ को ‘ख’मा नेकपा एमालेले जीवन घिमिरेलाई टिकट दिएको छ । यसप्रति असन्तुष्टि जनाउँदै जसपा उम्मेदवार सञ्जय सिंहले आधिकारीक उम्मेदवार आफू भएको दाबी गरेका छन् ।

नेकपा एमाले र जसपाबीच चुनावी तालमेल हुँदा क्षेत्र नम्बर ४ को ‘ख’ जसपाको भागमा परेको थियो । जसपाले सो क्षेत्रमा सञ्जय सिंहलाई टिकट दिइसकेको थियो ।
तर घिमिरेले आज दिउँसो एमालेले आफ्नो नाममा टिकट पठाएको बताए । ‘पार्टीबाट मेरो टिकट आएको छ,’ उनले भने, ‘दिउँसो २ बजेपछि मनोनयन दर्ता गर्छु ।’

जसपा नेता सिंहले भने विपक्षी गठबन्धनको आधिकारिक उम्मेदवार आफू रहेको बताए । ‘गठबन्धनमा भएको सहमति सबैले हेर्नु भएको होला,’ उनले भने, ‘सहमति अनुसार गठबन्धनको आधिकारिक उम्मेदवार म हो, आज दिउँसो निर्वाचन कार्यालयमा भेला भएर एमालेसँग संयुक्त रुपमा मनोनयन दर्ता गराउँछु ।’
जसपा र एमालेबीच गठबन्धन गर्दा मोरङ क्षेत्र नम्बर ४ को ‘ख’, प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ५, प्रदेश सभातर्फ ५ को ‘ख’ र क्षेत्र नम्बर ६ को ‘ख’ जसपाको भागमा परेको थियो । ४ को ‘ख’ जसपालाई दिन नहुने भन्दै एमाले नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर दबाब दिएका थिए ।

नेकपा एमालेभित्र १० बुँदे पक्षधर भनेर चिनिने नेता घिमिरे मुख्यमन्त्रीको दाबेदार पनि हुन् ।

जीवन र सञ्जयमध्ये जसले टिकट पाए पनि सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुलीसँग प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..