जीवन घिमिरेले पनि पाए एमालेबाट टिकट,आधिकारिक उम्मेदवार मै हुँ – जसपाका सिंहको दबी

4 वर्ष पहिले प्रकाशित

२३ असोज, विराटनगर । जसपाको भागमा परेको मोरङ क्षेत्र नम्बर ४ को ‘ख’मा नेकपा एमालेले जीवन घिमिरेलाई टिकट दिएको छ । यसप्रति असन्तुष्टि जनाउँदै जसपा उम्मेदवार सञ्जय सिंहले आधिकारीक उम्मेदवार आफू भएको दाबी गरेका छन् ।

नेकपा एमाले र जसपाबीच चुनावी तालमेल हुँदा क्षेत्र नम्बर ४ को ‘ख’ जसपाको भागमा परेको थियो । जसपाले सो क्षेत्रमा सञ्जय सिंहलाई टिकट दिइसकेको थियो ।
तर घिमिरेले आज दिउँसो एमालेले आफ्नो नाममा टिकट पठाएको बताए । ‘पार्टीबाट मेरो टिकट आएको छ,’ उनले भने, ‘दिउँसो २ बजेपछि मनोनयन दर्ता गर्छु ।’

जसपा नेता सिंहले भने विपक्षी गठबन्धनको आधिकारिक उम्मेदवार आफू रहेको बताए । ‘गठबन्धनमा भएको सहमति सबैले हेर्नु भएको होला,’ उनले भने, ‘सहमति अनुसार गठबन्धनको आधिकारिक उम्मेदवार म हो, आज दिउँसो निर्वाचन कार्यालयमा भेला भएर एमालेसँग संयुक्त रुपमा मनोनयन दर्ता गराउँछु ।’
जसपा र एमालेबीच गठबन्धन गर्दा मोरङ क्षेत्र नम्बर ४ को ‘ख’, प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ५, प्रदेश सभातर्फ ५ को ‘ख’ र क्षेत्र नम्बर ६ को ‘ख’ जसपाको भागमा परेको थियो । ४ को ‘ख’ जसपालाई दिन नहुने भन्दै एमाले नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर दबाब दिएका थिए ।

नेकपा एमालेभित्र १० बुँदे पक्षधर भनेर चिनिने नेता घिमिरे मुख्यमन्त्रीको दाबेदार पनि हुन् ।

जीवन र सञ्जयमध्ये जसले टिकट पाए पनि सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुलीसँग प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..