मण्डलको सपना ऐमालेले खोस्यो, टिकट नदिएपछि मोरङ ५ मा स्वतन्त्र उम्मेदवारी दिँदै

4 वर्ष पहिले प्रकाशित

वेलकम संवाददाता

२३ असोज, विराटनगर । पार्टीले टिकट नदिएपछि नेकपा एमालेका नेता योगेन्द्र मण्डलले मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । चुनावी अभियान सञ्चालन गरिरहेका मण्डलले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।

जसपासँग गठबन्धन गर्दा नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ५ छाडेको छ । विपक्षी गठबन्धनको तर्फबाट सो क्षेत्रमा जसपा मोरङ अध्यक्ष राजकुमार यादवले टिकट पाएका छन् ।
एक वर्षयता चुनाव लड्ने तयारीसहित मण्डल क्षेत्र नम्बर ५ मा सक्रिय थिए । तर गठबन्धन गर्दा उनको टिकट खोसिएपछि पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । ‘म स्वतन्त्र उम्मेदवारी दिन्छु,,’ उनले भने,‘ जनताको घरदैलोमा जान्छु ।’

नेकपा एमालेले टिकट दिने आश्वास दिएपछि उनले क्षेत्र नम्बर ५ मा पार्टी प्रवेश अभियान पनि सञ्चालन गरेका थिए । आफ्ना समर्थकको माग अनुसार उम्मेदवार बन्ने निर्णयमा पुगेको उनले बताए । ‘जनताले विकल्प खाजेका छन्,’ उनले भने, ‘जनतालाई विकल्प दिन म उम्मेदवारी दिन्छु ।’
क्षेत्र नम्बर ५ मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले टिकट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..