कांग्रेसबाट टिकट पाए अर्वपति बिनोद चौधरी

4 वर्ष पहिले प्रकाशित

२३ असोज, काठमाडौं । अर्बपति व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसले नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।
२०७० को संविधान सभा चुनावमा नेकपा एमालेले उनलाई यही क्षेत्रमा प्रत्यक्षतर्फ उठाउने तयारी गरेको थियो । तर त्यतिबेला उनले प्रत्यक्षमा चुनाव लड्न चाहेनन् ।

२०६४ को संविधान सभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए ।

उद्योगपति समेत रहेका चौधरीसँग अब जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीको प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..