सत्ता गठबन्धनको बैठकमा लोसपा भित्रियो,बाहिरियो जसपा

4 वर्ष पहिले प्रकाशित

काठमाडौँ — सत्तारुढ गठबन्धनको सिट बाँडफाँट गर्न शुक्रबार बालुवाटारमा बसिरहेको बैठकबाट जनता समाजवादी पार्टी बाहिरिएको छ । जसपा बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बैठकमा प्रवेश गरेको छ ।

बालुवाटार स्रोतका अनुसार जसपाले गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गर्ने भएपछि सत्तारुढ गठबन्धनले लोसपालाई बैठकमा सहभागी गराएको हो ।
लोसपाका एक नेताका अनुसार बालुवाटार बैठकमा नेताहरू शरतसिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाललगायतका नेताहरू सहभागी छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू भने बिहीबार साँझदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूसँग चुनावी तालमेलका लागि छलफलमा थिए । शुक्रबार पनि जसपा नेताहरु एमालेसँग छलफलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..