अस्थायी मतदाता नामावली संकलनको तालिका प्रकाशन, समानुपातिकतर्फमात्र मतदान गर्न पाइने

4 वर्ष पहिले प्रकाशित

असोज ४, २०७९
वेलकम संवाददाता

निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलनको तालिका प्रकाशन गरेको छ । आयोगका अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन हुन लागेको हो ।


असोज ६ देखि ८ गतेसम्म अस्थायी मतदाता नामावली संकलन हुने आयोगले जनाएको छ । आयोगका अनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारीका अतिरिक्त व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी अस्थायी मतदाताका रुपमा सूचीकृत हुन पाउँछन् ।


यस्तै, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिइ सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिहरुलाई अस्थायी मतदाता नामावलीमा समावेश हुन योग्य मानिएको छ ।

अस्थायी मतदाता नामावलीका लागि सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउने व्यवस्था गरिएको आयोगले जनाएको छ । असोज ८ देखि २६ गतेसम्म सम्बन्धित निकायका प्रमुखले मतदाता नामावलीमा समावेश हुने व्यक्तिहरुको नामावली ९अन्तिम मतदाता नामावलीमा समावेश हुने व्यक्ति० प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउने तालिका निर्धारण भएको छ ।

कार्तिक १ गते त्यस्ता मतदाता विवरण रुजु गरी प्रारम्भिक अस्थायी मतदाता नामावली प्रकाशन गर्ने, कार्तिक २ र ३ गते प्रारम्भिक अस्थायी नामावलीमा छुट भएका वा प्रकाशित विवरणमा त्रुटि भएका व्यक्तिले नाम समावेश गर्न तथा त्रुटि सच्याउन निवेदन दिन सक्ने आयोगले जनाएको छ । यसरी प्राप्त निवेदन उपर जाँचबुझ गरी कार्तिक ४ गते संशोधित अस्थायी नामावली प्रकाशन गर्ने, कार्तिक ५ र ६ गते संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको सम्बन्धमा दाबी विरोधका लागि निवेदन पेस गर्ने, कार्तिक ७ देखि ११ गतेसम्म दाबी विरोधको निवेदन उपर जाँचबुझ गरी निर्णय गर्ने तथा कार्तिक १२ र १३ गते अन्तिम अस्थायी मतदाता नामावली तयार गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ । आयोगका अनुसार कार्तिक १४ गते अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..