मधेशबादी दल बीच संबिधान दिबसमा मतभिन्नता,उपेन्द्र यादव संविधान दिवस मनाउने, महन्थ कालो दिवस

4 वर्ष पहिले प्रकाशित

सिरहा, असोज ३ गते ।
बिनोद ठाकुर ।

संविधान दिवसको दिन मधेशवादी दलहरुले छुट्टा छुट्टै दिवस मनाइरहेका छन् ।

संविधान जारी भएको दिनलाई ‘कालो दिवस’ का रूपमा मनाउँदै आएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले यस पटक ‘संविधान दिवस’ कै रूपमा मनाउने भएका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै अध्यक्ष यादवले संविधान संशोधनको माग गरेका छन् । उनले संविधान भनेको मौलिक सिद्धान्तहरू वा स्थापित पूर्वाधारहरूको समुच्चय रहेको र संविधानले हरेक नागरिकलाई आफ्नो राष्ट्रियतासँग एकताबद्ध गराउन मद्दत गर्नुपर्ने बताए । त्यस्तो नभएमा संविधानलाई जनताको हितका लागि संशोधन गरिरहनु पनि जरुरी रहने उनले भनेका छन् ।

उता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, डा। सीके राउत नेतृत्वको जनमत पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले आजको दिनलाई कालो दिवसको रूपमा विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..