सर्वोच्च प्रशासनले सुरक्षाकर्मीलाई भन्यो ः निलम्बन फुकुवा पत्र नआएसम्म जबरालाई अदालत प्रवेश नदिनू

4 वर्ष पहिले प्रकाशित

काठमाडौं,२ गते
सर्वोच्च अदालत प्रशासनले निलम्बनको फुकुवा पत्र नआउन्जेलसम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेश गर्न नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ। जबराले भने आफूमाथि लागेको महाभियोग निस्कृय भइसकेकाले आजदेखि सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्किने बताएका छन्।
सुरक्षा स्रोतले भन्यो,ु निलम्बनको फुकुवा पत्र नआएसम्म जबरालाई अदालत प्रवेश नगराउनू भन्ने निर्देशन सर्वोच्च प्रशासनबाट आएको छ। जबराले आफूमाथि छानबिन गरिरहेको संसदको कार्यकाल रातिदेखि सकिएको हुँदा महाअभियोग स्वतस् निष्क्रिय भएकाले आफू फर्किन लागेको सर्वोच्च अदालत प्रशासनलाई शनिबार नै जानकारी गराएका थिए। यो खबर पाएपछि नेपाल बार एसोसिएसनले आजै बिहान आकस्मिक बैठक बोलाएको थियो। बैठकले जबरालाई अदालत प्रवेश गर्न नदिने निर्णय गरेको छ।

महाभियोग सिफारिस समितिले जबरालाई महाभियोग लगाउन तयार पारिएको प्रतिवेदन शनिबार सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइएको थियो। समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सिफारिस गरेको छ। जबरा अदालत आउने बताइएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। २०७८ फागुन १ गते प्रतिनिधिसभाका ९८ जना सांसदले संविधानको धारा १०१ ९२० बमोजिम जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए।
फागुन २२ गते महाभियोग सिफारिस समिति गठन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..