हंसपुर नगरपालिकाका पूर्व मेयर मण्डलले फिर्ता गरेनन् कागजात र जिन्सी समान

4 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, भदौ ३१ गते ।

हंसपुर नगरपालिकाले पुर्व मेयर रामज्ञान मण्डलले नगरपालिकाको कागजात र जिन्सी समान अझ‌े फिर्ता गरेका छैनन् । कार्यकाल सकेको ४ महिना बितिसक्दा समेत उनले कागजसहितका जिन्सी सामान फिर्ता नगरेपछि नगरपालिका कार्यालयले उनलाई पत्र पठाएको छ । मेयर हुदा नगरपालिकाबाट लिएको मोवाइल, ल्यापटप, म्याकबुक, प्रिन्टर र इनभटर नगरपालिकामा फिर्ता गर्न हंसपुरका पुर्व मेयर मण्डललाई पत्र पठाएको प्रमुख प्रशासकिय अधिकृत केशव कुमार अधिकारीले बताए । मेयर पदमा रहदा मण्डलले लिएका विद्यालयहरुको दिवा खाजा सम्बन्धि कागजता र चेक, अस्पताल, सडक ढालान, नाला निर्माणको फाइल सहित अन्य जिन्सी समान तत्काल नगरपालिकामा बुझाउन नगरपालिकाले पत्र पठाएको हो । मेयर मण्डलको जिम्मामा १० लाख बराबरको औषधी जन्य समाग्री, १० लाख बराबरको खेलकुद समाग्री, १५ लाख बराबरको कार्यालय समाग्री र ५ लाख मुल्य बराबरको फर्निचर रहेको र मेयर पदबाट हटेपनि उक्त समानहरु नगरपालिकामा फिर्ता नगरेको प्रशासकिय अधिकृत अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..