एकीकृत जनक्रान्ति नै २१ औं शताब्दीको बैज्ञानिक कार्यदिशा हो - नेता योगी

5 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
तामाकोशी ।
नेपाल कम्युनिस्ट पार्टी तामाकोशी गाउंपालिका वडा नं. ४ को वडा भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले दिपक केसी  (सेक्रेटरी) को नेतृत्वमा १७ सदस्यीय वडा समिति निर्वाचित गरेको छ अन्य सदस्यहरुमा गोरे आछामी, कुमार भुजेल, दिपक खड्का, कुमार मुग्राती, मनोज भुजेल, लाल प्रसाद पान्डे, टोपेन्द्र नाथ योगी, गोपाल मुग्राती, होमकुमार श्रेष्ठ, गोमा केसी, रामबहादुर मिजार, बिष्णुबहादुर मिजार, कृष्ण बहादुर खड्का, पोक्चाबहादुर मिजार, पदमबहादुर खत्री, पहलमान मिजार निर्वाचित हुनु भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु गैरागाउँमा भउको भेलामा माओवादी केन्द्रका ६ जना नेता, कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको बताइएको छ ।
भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम पार्टीका बिशेश कमिटी सदस्य अर्जुन योगीले एकीकृत जनक्रान्ति नै २१ औं शताब्दीको बैज्ञानिक कार्यदिशा भएको बताउँनु भयो । उहाँले अब चांडैनै नेपालमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा बैज्ञानिक समाजवादको स्थापना हुने बताउँनु भयो । मन्तव्यका क्रममा उहाँले माओवादी केन्द्रबाट समाहित हुने नेता, कार्यकर्ता एवम निर्वाचित वडा कमिटीलाई बधाई दिदै प्रतिगामी तत्वहरु, प्रतिक्रान्तिकारी तत्वहरुका विरुद्धमा निर्ममतापुर्वक लड्नका निमित्त अपिल गर्नुभएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवम पार्टीका दोलखा जिल्ला सदस्य सिताराम उप्रेतीले बधाई मन्तव्य राख्नु भएको थियो । पार्टीका जिल्ला समिती सदस्य राजकुमार लामिछानेले  संचालन गर्नुभएको कार्यक्रममा  दिपक के सी. को  अध्यक्षता रहेको  थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..