दक्षिण अफ्रिकाको हारसँगै भारत सेमिफाइनलमा

4 वर्ष पहिले प्रकाशित

२० कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी(२० विश्वकपमा सुपर १२ अन्तर्गत ग्रुप २ को खेलमा आइतबार नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गर्दा भारत अन्तिम खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ । भारतले अन्तिम खेल जिम्बावेसँग आइतबारै खेल्दैछ ।

नेदरल्याण्ड्सलाई पराजित गरेमा दक्षिण अफ्रिका सेमिफाइनल पुग्ने थियो । राम्रो सुरुवात गरेपनि निर्णायक खेलमा चुकेपछि दक्षिण अफ्रिका सुपर १२ बाटै बाहिरिएको छ ।

दक्षिण अफ्रिकाको हारले पाकिस्तान र बंगलादेशलाई पनि राहत भएको छ । आइतबारै हुने यी दुई एसियन राष्ट्रबीचको विजेता टिम पनि सेमिफाइनल प्रवेश गर्नेछ ।

ग्रुप २ मा भारतको ४ खेलबाट ६ अंक छ । पाँच खेल खेलिसकेको दक्षिण अफ्रिका पाँच अंकसहित दोस्रो स्थानमा छ । पाकिस्तान र बंगलादेशको समान ४ अंक छ ।

सुरुआती तीन खेलमा अपराजित रहँदै सेमिफाइनल सम्भावना बलियो बनाएको दक्षिण अफ्रिका चौथो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । आईसीसीको ठूला प्रतियोगितामा दक्षिण अफ्रिका अभागी बन्दै आएको छ भने यस पटक पनि त्यो शृंखलाले निरन्तरता पायो ।

नेदरल्याण्ड्सले पहिलो पटक दक्षिण अफ्रिकालाई पराजित गरेको हो ।

एडेलेइड ओभरमा नेदरल्याण्ड्सले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि राइले रुसोले बनाएको २५ रन नै व्यक्तिगत उच्च रह्यो । हेनरिक क्लासेनले २१ र कप्तान तेम्बा बभुमाले २० रन जोडे ।

दक्षिण अफ्रिकालाई जितबाट रोक्न दक्षिण अफ्रिकामै जन्मेर हाल नेदरल्याण्ड्सका लागि खेलेका ब्रान्डन ग्लोभरले तीन विकेट लिए । उनले २ ओभरमा ९ रन मात्र खर्चे । फ्रेड क्लासेन र बास डे लिडले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४ विकेट गुमाएर १५८ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कोलिन अकरमाले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । स्टेफन माइवर्गले ३७, टम कुपरले ३५ र म्याक्स ओ डाउडले २९ रन बनाए । दषिण अफ्रिकाका केसव महाराजले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..