राष्ट्रिय खुल्ला हाफ म्याराथन प्रतियोगिता जनकपुरधाममा सम्पन्न

21 दिन पहिले प्रकाशित

राष्ट्रिय आवाज

जनकपुरधाम, असार २१ गते

मधेश खेलकुद परिषद्को आयोजनामा ‘खेली मधेश, जिती मधेश’ भन्ने मूल नारासहित राष्ट्रिय खुला हाफ म्याराथन प्रतियोगिता आइतबार जनकपुरधाममा सम्पन्न भएको छ। देशका विभिन्न जिल्ला बाट महिला तथा पुरुष खेलाडीहरूको सहभागितामा सम्पन्न प्रतियोगिताले मधेशमा खेलकुद गतिविधिप्रति बढ्दो आकर्षणलाई उजागर गरेको छ।

 

प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दासले खेलकुदलाई केवल प्रतिस्पर्धाको माध्यम नभई स्वस्थ, अनुशासित र सभ्य समाज निर्माणको आधारका रूपमा लिनुपर्ने बताए।

“खेलले युवामा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्छ,” उनले भने, “मधेशमा लुकेर रहेका प्रतिभाको पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन प्रदेश सरकार प्रतिबद्ध छ।

उनले खेलकुद पूर्वाधार विकास, नियमित प्रतियोगिता आयोजना तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले अवलम्बन गरिरहेको उल्लेख गरे। विद्यालय तहदेखि नै खेल संस्कृतिको विकास गर्न विशेष कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो।

 

मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुका अनुसार पुरुषतर्फ २१ किलोमिटर र महिलातर्फ १० किलोमिटर दूरी निर्धारण गरी प्रतियोगिता सञ्चालन गरिएको थियो। दुवै विधाका लागि छुट्टाछुट्टै रुट तय गरिएको तथा खेलाडीहरूले निर्धारित दूरी सफलतापूर्वक पूरा गर्दै उत्कृष्ट प्रतिस्पर्धात्मक प्रदर्शन गरेका उनले बताए।

प्रतियोगितामा दुवै विधातर्फ प्रथम हुने खेलाडीलाई २० हजार रुपैयाँ, द्वितीय लाई १५ हजार रुपैयाँ र तृतीय लाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको आयोजकले जनाएको छ। विजेता खेलाडीहरूलाई प्रमाणपत्र तथा सम्मानसमेत प्रदान गरिएको थियो।

देशका विभिन्न प्रदेशबाट आएका खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई राष्ट्रिय स्वरूप प्रदान गरेको आयोजकको भनाइ छ। सहभागी खेलाडीहरूले यस्ता प्रतियोगिताले अनुभव आदानप्रदान, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचानमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।

मधेश खेलकुद परिषद्ले ‘खेली मधेश, जिती मधेश’ अभियानमार्फत प्रदेशमा खेल संस्कृतिको विकास, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा प्रदेशका विभिन्न जिल्लामा यस्ता प्रतियोगितालाई थप व्यापक बनाइने परिषद्को योजना रहेको छ।

मधेशमा खेलकुदको वातावरण सुदृढ बनाउन आयोजित राष्ट्रिय खुला हाफ म्याराथनले युवामा खेलप्रतिको आकर्षण बढाउनुका साथै प्रदेशलाई खेलकुदको उदीयमान केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..