मधेश प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सम्मानित

25 दिन पहिले प्रकाशित

राष्ट्रिय आवाज

जनकपुरधाम, असार १७ गते

मधेश खेलकुद परिषदद्वारा आयोजित प्रदेशस्तरीय पुरुष तथा महिला तेक्वान्दो प्रतियोगिता महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ।

मधेश प्रदेशका आठै जिल्लाबाट खेलाडी, प्रशिक्षक, टिम म्यानेजर तथा अफिसियलहरूको सहभागिता रहेको प्रतियोगितामा प्रत्येक जिल्लाबाट ८ जना महिला खेलाडी, ८ जना पुरुष खेलाडी र २ जना अफिसियल गरी १८ जनाको टोली सहभागी भएको थियो। यसरी आठ जिल्लाबाट जम्मा १४४ जना खेलाडी तथा प्रतिनिधिहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए।

प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। खेललाई अनुशासित, मर्यादित र सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने रेफ्री, निर्णायक तथा प्राविधिक सहयोग प्रदान गर्ने तेक्वान्दो संघ परिवारप्रति आयोजकले आभार व्यक्त गरेको छ।

प्रतियोगितामा विजेता टिम तथा विभिन्न विधामा पदक प्राप्त गर्ने सम्पूर्ण खेलाडीहरूलाई आयोजकले हार्दिक बधाई ज्ञापन गरेको छ। मधेश प्रदेशमा खेलकुदको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजीप्रसाद कानुले खेलकुदले युवाहरूमा अनुशासन, आत्मविश्वास र नेतृत्व विकास गर्ने उल्लेख गरे। उनले प्रदेश सरकार खेलकुद क्षेत्रको विकास, खेल पूर्वाधार निर्माण तथा खेलाडीहरूको हौसला अभिवृद्धिका लागि निरन्तर प्रतिबद्ध रहेको बताए।

उनले भने, “मधेश प्रदेशका प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्यका साथ परिषदले विभिन्न खेल गतिविधिहरू सञ्चालन गरिरहेको छ। खेलाडीहरूले निरन्तर मेहनत र अनुशासन कायम राखेमा प्रदेशको गौरव अझ उचो बन्नेछ।”

कार्यक्रममा सहभागी खेलाडी, प्रशिक्षकहरूले आगामी दिनमा यस्ता प्रतियोगितालाई अझ व्यापक र व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..