सिरहामा सम्पन्न प्रदेश स्तरिय रग्बी प्रतियोगितामा सर्लाही च्याम्पियन

4 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम,असार १९ गते 

 

'खेली मधेश, जिती मधेश' भन्ने मूल नारासहित मधेश खेलकुद परिषद्को आयोजनामा सिरहा जिल्लामा सम्पन्न प्रदेशस्तरीय रग्बी प्रतियोगितामा सर्लाही जिल्ला च्याम्पियन बनेको छ। रोमाञ्चक फाइनल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै सर्लाहीले उपाधिमाथि कब्जा जमाउँदा आयोजक सिरहा जिल्ला उपविजेतामा सीमित भयो।

 

प्रतियोगितामा मधेश प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी खेलाडीहरूले उच्च खेल भावना, अनुशासन र उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै प्रतियोगितालाई प्रतिस्पर्धात्मक र आकर्षक बनाएका थिए।

 

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन प्रशिक्षक, निर्णायक, प्राविधिक टोली तथा प्रदेश रग्बी संघको महत्वपूर्ण भूमिका रहेको आयोजकले जनाएको छ। साथै प्रतियोगिताको प्रभावकारी समाचार सम्प्रेषण गर्ने खेल पत्रकार विवेक परियार, सिरहा खेलकुद विकास समितिका अध्यक्ष श्रावण ठकुरी, प्रतियोगिताका संयोजक तथा मधेश खेलकुद परिषद्का सदस्य निशेष श्रेष्ठ, सम्पूर्ण प्रशिक्षक, निर्णायक, स्वयंसेवक तथा सहभागी खेलाडीहरूप्रति आयोजकले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

 

आयोजकका अनुसार यस्ता प्रतियोगिताले मधेश प्रदेशमा रग्बी खेलको विकास, नयाँ खेलाडी उत्पादन तथा खेल संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुरयाउने विश्वास व्यक्त गरिएको छ। साथै प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..