भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा अन्र्तगत आज मालुमा क्षेत्रीय भेला सम्पन्न

5 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
मंसिर १५, तामाकोशी ।
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा अन्र्तगत आज तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा क्षेत्रीय भेला सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष श्यामकाजी कटुवालको अध्यक्षतामा भएको भेलामा मालु, सहरेका सदस्यको उपस्थिति रहेको थियो । तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूका वडा अध्यक्ष होम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्षको प्रतिवेदन श्यामकाजी कटुवालले गर्नुभएको थियो । भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव सिताराम उप्रेतीले कार्यक्रम, बजेट तथा व्यवस्थापकीय बार्षिक प्रतिवेदन पस्तुत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष बालराम कार्कीले आर्थिक बर्ष २०७७-७८ को वित्तीय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
जिल्ला समुन्वय समिती दोलखाका सदस्य गीता पोखरेलको विषेस आतिथ्यतामा भएको कार्यक्रममा नियमित बचतकर्ता राम कुमार पोखरेल र असल ऋणी सदस्य रमेश खड्कालाई सम्मान गरिएको छ । भेलालाई नेकपा समाजवादीका जिल्ला कमिटी सदस्य राजकुमार के.सी., नेपाली कांग्रेस तामाकोशी गाउँपालिका वडा नम्बर ४ वडा सभापति सन्तोष पोखरेल, नेकपा एमालेका वडा अध्यक्ष राजन पोखरेल, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष खड्ग विक्रम खड्का, गोल्मेश्वर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिती अध्यक्ष हरिशंकर पोखरेल , प्रधानाध्यपक सञ्जय खड्का लगाएतले सल्लाह सुझाव सहित सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । संस्थाको अगामी २५ गते संस्थाले संचालन गरेको दाना उद्योगमा केन्द्रिय बार्षिक सधारण सभा गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..