मालू पोखरेल बन्धुहरुको कुलपुजा कार्यक्रम स्थगित गर्न मालू पोखरेल समाजको अनुरोध

5 वर्ष पहिले प्रकाशित


दिपक बस्नेत


जेठ १३, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालू पोखरेल बन्धुहरुको कुलपुजा कार्यक्रम स्थगित गर्न मालू पोखरेल समाजले अनुरोध गरेको छ ।
महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण यो बर्ष २०७८ सालमा परेको कुलपुजा स्थगित गरेको मालू पोखरेल सेवा समाज काठमाडौले सम्पुर्ण पोखरेल बन्धुहरुमा अनुरोध गरेको हो ।
जिल्ला प्रसाशन कार्यालय र गाउँपालिका कार्यालयबाट भिडभाड हुने कुनैपनि किसिमका गतिविधि नगर्न समेत सूचना भएकाले कुलपुजा स्थगित गरिएको समाजका अध्यक्ष गुणराज पोखरेल द्धरा हस्ताक्षरित अनुरोध पत्रमा भनिएको छ ।
समाजका अनुसार फेवाताल र वाहुण्डिहीका पोखरेलहरुबाट स्थगित गरिएको र गैरागाउँ, केउरिनी, महादेवस्थान, ठूलीखोरिय लगाएत अधिकांश पोखरेल बन्धुहरुको सल्लाह अनुसार यस विसम परिस्थितिमा कुलापुजा गर्नु असान्र्दभीक र असुरक्षित हुने भएकाले स्थगित गर्नु परेको समाजले जनाएको छ । स्थानिय स्तरमा आम्सिक रुपमा कुलपुजा गर्ने जानकारी आएकाले सो समेत नगर्न सेवा समाजले हार्दिक अनुरोध गरेको छ । समाजले अनुकुल समय आएपछि सल्लाह अुनुसार पोखरेल बन्धुको कुलपुला कार्यक्रम गरिने जानकारी गराएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, साउन २० गते    परोपकारी संस्था श्री हरि मानव कल्याण मञ्चले जनकपुरधामका विभ..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, साउन २० गते    जनकपुरधाम उपमहानगरपालिका–२४ बसहिया स्थित श्री गोगल प्रसा..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..