राजनितीक प्रतिशोध साँध्न दुसप्रचार गरेको सम्बन्धमा मिर्चैया नगरपालिकाको ध्यानाकर्षण

3 वर्ष पहिले प्रकाशित

बैशाख ४, मिर्चैया,
विनोद ठाकुर । मिर्चैया नगरपालिका वार्ड नं. ५ मा रहेको कित्ता नं.२५६ सम्बन्धमा पछिल्लो केही दिन देखी केही व्यक्तिहरुले गरिरहेको दुसप्रचार सम्बन्धमा नगरपालिकाको ध्यानाकर्षण भएको जनाएको छ । आज नगरपालिकाको मेयर श्रवण कुमार यादबले एक विज्ञप्ति जारी गर्दै जग्गा सम्बन्धमा अदालतबाट भएको आदेश र पर्याप्त कानुनी प्रमाणको आधारमा मात्र अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाईएको घर टहरा हटाइएको जानकारी गराउनुभएको छ । केही स्थानीय व्यक्तिले नगरपालिकाको सुचनालाई ध्यान दिई आफैं घर टहरा व्यापस्थापन गरिदिन तथा केही व्यक्तिले उक्त सुचनालाई अटेरी गरिएको कारणले अनधिकृत रुपमा सार्वजनिक जग्गामा निर्माण गरिएको घर टहरा हटाइएको विज्ञप्ति मार्फत जनाइएको छ ।

मेयर यादबद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा राजनितीक प्रतिशोध शाँध्न केही नेताहरुको बहकाउमा आफु विरुद्ध नारा जुलुस र दुसप्रचार गरिएको जनाइएको छ । नगरप्रमुख यादबले सो जग्गा आफनो आसेपासेको नाममा दर्ता गराउन लागिएको बिषयमा पनि कुनै सत्यता नरहेको दाबी गरेका छन । बरु मिर्चैयाको गुदरी बजारमा रहेको.बजारलाई व्यावस्थापनको लागी सम्बन्धित निकायमा पत्राचार गरिएको जानकारी दिनुभयो ।
“मिर्चैया नगरपालिका वडा नं. ५ साविक २ क को कित्ता नम्बर २५६ को ३–१२–१७ क्षेत्रफल र वडा नम्बर २ ख को कित्ता नम्बर ६० को ०–२–५–० जग्गा नेपाल सरकारको नाममा रहेको र कुनै पनि व्यक्ति वा संस्थाको नाममा नापी नगरिदिन भनी यस कार्यालयमा यहि मिति ०७९÷१२÷१७ गते पत्र मार्फत नापी कार्यालय सिरहाको नाममा पत्र लेखी पठाइएको साथै सो को जानकारी विशेष नापी कार्यालय मिर्चैया लगायत सम्बन्धित निकायमा जानकारी गराईसकिएकोले कुनै किसिमको गलत प्चारको पछाडि नलागिदिनुहुन सबैमा अनुरोध गरिएको छ“ विज्ञीपत मार्फत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..