मिचैयामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो भने अर्का एक जना गम्भिर घाइते

4 वर्ष पहिले प्रकाशित

९ कार्तिक २०७९
मिर्चैया, बिनोद ठाकर
सिरहाको मिर्चैयामा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भिर घाइते भएका छन । आज मिर्चैया नगरपालिका वार्ड नम्बर ५ मा मोटरसाइकल दुर्घटना भएको हो । दिउँसो करीब २ बजे भएको उक्त मोटरसाइकल दुर्घटनामा परी जितेन्द्र शाहको घटनास्थलमै मृत्यु भएको छ । स.८ प. ३४०५ नम्बरको कालो पल्सरको गाडी कल्याणपुर जाने बाटोमा दुर्घटना हुँदा मिर्चैया नगरपालिका वार्ड नम्बर ६ को रामेश्वर शाहको १९ वर्षिय छोरा जितेन्द्रके ज्यान गएको हो । त्यही मोटरसाइकलमा पछाडी बसेका लालबाबु शाहको १९ वर्षिय छोरा समा्रट शाह गम्भिर घाइते भएका छन । गम्भिर घाइते शाहलाइ स्थानीय मंगलम होस्पिटलमा उपचार सम्भव नभएपछि बिराटनगर रेफर गरिएको छ । सोही मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका ५ बस्ने राजेन्द्र मण्डलका छोरा रोशन मण्डल घटनापछि फरार रहेका छन । उत्तरबाट दक्षिण जादै गरेको टिभिएस प्रदेश ०२ को ००१ प को १६८२ नम्बरको मोटरसाइकलमा समेत ठोकिएको थियो । उक्त गाडीमा सवार तीन जना नवीन कुमार महासेठ, अनिता देबी शाह र ४१ व्र्षिय ललिता देबी महासेठ समान्य घाइते भएका छन । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप विविरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन १२ गते जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गिरावट, खाद्य सुरक्षामा चुनौती र..

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..