भारतको इनर्जी एक्सचेन्जबाट विद्युत् किन्न सुरु

5 वर्ष पहिले प्रकाशित

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज मार्केट (आईईएक्स) बाट विद्युत् किन्न सुरु गरेको छ । विद्युत् खरिदकर्ता र बिक्रीकर्ताबीचको प्रस्तावबाट मूल्य तय हुने यो बजारबाट विद्युत् खरिदका लागि खरिदकर्ताले अघिल्लो दिन नै मूल्य र खरिद गर्ने विद्युत्को परिमाण प्रस्ताव गर्नुपर्छ ।

प्राधिकरणले शुक्रबार राति १२ देखि १ बजेसम्म २ सय ५० मेगावाट किन्ने, राति १ देखि शनिबार दिउँसो ६ बजेसम्म २ सय मेगावाट विद्युत् किन्ने र साँझ ६ देखि १२ बजेसम्म २ सय ५० मेगावाट विद्युत् खरिद गर्ने गरी प्रस्ताव हालेको थियो । इनर्जी एक्सचेन्ज बजारमा हरेक १५–१५ मिनेटका लागि विद्युत् खरिद गर्न पाउने व्यवस्था छ ।

प्राधिकरणले पहिलो दिन खरिद गर्न प्रस्ताव गरेको सबै विद्युत् प्राप्त गर्ने भएको प्राधिकरणका ऊर्जा व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जानकारी दिए । प्राधिकरणले विद्युत्बापत प्रतियुनिट औसत मूल्य (मार्केट क्लियरिङ प्राइस) ३.२९ भारु परेको उनले बताए । यो मूल्यमा ट्रान्समिसन शुल्क, आवेदन शुल्क, जीएसडी चार्ज र व्यापार कम्पनीको व्यावसायिक शुल्क गरी ०.५२ भारु थप गर्दा प्रतियुनिट लागत मूल्य ३.८१ पर्ने अधिकारीको भनाइ छ । विद्युत् खरिद सम्झौताअनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट विद्युत् आयात गर्दा प्राधिकरणले प्रतियुनिट भारु ४.१८ तिर्दै आएको थियो । एक्सचेन्ज बजारको मूल्य तुलना गर्दा यो विद्युत् प्राधिकरणलाई प्रतियुनिटमा भारु ०.३७ सस्तो परेको छ । प्राधिकरणलाई ५१ लाख ५० हजार युनिटबापत भारु १९ लाख ५ हजार ५ सय (३० लाख ४८ हजार ८ सय रुपैयाँ) बचत भएको अधिकारीले जानकारी दिए । मे र जुनभर यसैगरी हरेक दिन आवश्यक परिमाण विद्युत् खरिद गर्ने योजना रहेको उनको भनाइ छ ।

इनर्जी एक्सचेन्जबाट खरिद गरिएको विद्युत् ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल भित्र्याइएको हो । यही प्रसारण लाइनबाट नेपालले भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) सँग किनेको विद्युत् पनि भित्रिन्छ ।

यो अन्तरदेशीय प्रसारण लाइनमार्फत ३ सय ५० मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न मिल्छ ।निगमसँग विद्युत् खरिदका लागि प्राधिकरणले गरेको सम्झौता जुन महिनामा सकिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..