स्वास्थ्य सेवाको गुणस्तर सुधार लाई प्राथमिकता दिन स्वास्थ्य मन्त्री साहको जोड

8 घन्टा पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, कार्तिक १७ गते

मधेश प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी आज मंगबार देखि जनकपुरधाममा सुरु भएको छ।

 

मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा जनकपुरधाम स्थित होटल पौवामा सुरु भएको तीनदिने गोष्ठीको उद्घाटन स्वास्थ्य तथा मधेष प्रदेशका जनसंख्यामन्त्री माननीय नगेन्द्र साहले गरेका हुन्। कार्यक्रमको अध्यक्षता स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नवलकिशोर झाले गरेका छन्।

 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेशको स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए। स्वास्थ्य क्षेत्रमा रहेका कमी–कमजोरी पहिचान गरी तिनलाई सुधार गर्दै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने उनले बताए।

 

स्वास्थ्य सेवामा देखिएका कमजोरी लुकाउनु भन्दा स्वीकार गर्दै सुधारका उपाय खोज्नु आवश्यक रहेको उल्लेख गर्दै मन्त्री साहले विगतका अनुभवबाट पाठ सिकेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबै सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने धारणा राखे।

 

उनले एक्काइसौँ शताब्दीमा स्वास्थ्य क्षेत्रको योजना निर्माण र कार्यान्वयनका लागि तथ्यांकमा आधारित प्रणाली अपरिहार्य रहेको बताए। स्वास्थ्यसम्बन्धी सही, विश्वसनीय र अद्यावधिक तथ्यांकका आधारमा आवश्यकता पहिचान, स्रोतसाधनको परिचालन तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्नुपर्नेमा उनको जोड थियो।

 

मन्त्री साहले वार्षिक समीक्षा गोष्ठीलाई प्रगति विवरण प्रस्तुत गर्ने औपचारिकतामा मात्र सीमित नराखी कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती र कमजोरी पहिचान गरी समाधानका व्यावहारिक उपाय तय गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरे।

 

कार्यक्रममा विशेष अतिथिका रूपमा प्रदेशसभा सदस्य तथा महिला, बालबालिका तथा सामाजिक न्याय समितिका सभापति माननीय रूपा कुमारी यादव र प्रदेश नीति तथा योजना आयोगका प्रतिनिधिको सहभागिता रहेको थियो। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डल तथा अतिथिका रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादव र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तथा प्रधानाध्यापक डा. विनोदकुमार यादवको उपस्थिति रहेको थियो।

 

कार्तिक १७ देखि १९ गतेसम्म सञ्चालन हुने गोष्ठीमा प्रदेशभित्र गत आर्थिक वर्षमा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, बजेट तथा स्रोतसाधनको उपयोग र सेवा प्रवाहको अवस्थाबारे समीक्षा गरिनेछ। साथै, कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौती पहिचान गरी आगामी दिनमा स्वास्थ्य सेवालाई थप व्यवस्थित, गुणस्तरीय, जवाफदेही र परिणाममुखी बनाउने विषयमा छलफल हुनेछ।

गोष्ठीबाट प्राप्त निष्कर्ष र सुझावले मधेश प्रदेशको स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनुका साथै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने आगामी कार्ययोजना निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक १७ गते मधेश प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहà..

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..