जफेमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक उत्सव तथा १२ औं बार्षिक साधारण सभा सम्पन्न

5 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
तामाकोशी ।
जफेमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक उत्सव तथा १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेमा संचालित जफे मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षको प्रतिवेदन , संस्थाका सचिव इश्वर काफ्लेले सचिवको प्रतिवेदन, कोषाध्यक्ष राजेन्द्र प्रसाद काफ्लेले कोषाध्यक्षको प्रतिवेदन, लेखा संयोजकको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेका वडा अध्यक्ष राम प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका सहकारी संयोजक पर्शुराम कार्की, भिजन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्दशन पोखरेल, जनदृष्टि साकोसका अध्यक्ष कमल महत, दियालो महिला साकोसका अध्यक्ष अम्विका पोखरेल, भावना साकोसका अध्यक्ष झप्पर बहादुर महत लगाएत राजनितिक दलका प्रमुख तथा प्रतिनिधि लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष बद्रि पौडेलले स्वगत मन्तव्य राख्नु भएको कार्यक्रममा सहकारीका जेष्ठ सदस्य शिव बहादुर कार्कीलाई नगद सहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय अवाज  जनकपुरधाम, कार्तिक १४ गते   शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सà¤..

  भाग्य चरण यादब  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १४ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित रà¤..

  दीपक श्रेष्ठ मण्डल  कार्तिक १४ गते  भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मज..

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..