सिरहामा शिक्षा सम्बन्धी सामाजिक जवाफदेहिता परामर्श बैठक सम्पन्न

3 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, असार २ गते 

 

शिक्षा क्षेत्रमा सुधार, पारदर्शिता तथा जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले सिरहामा सामाजिक जवाफदेहिता सम्बन्धी परामर्श बैठक सम्पन्न भएको छ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा ग्लोबल एक्सन नेपालको आयोजनामा सञ्चालित “शिक्षामा नागरिक समाजको सहभागिता” परियोजना अन्तर्गत श्री चन्द्र माध्यमिक विद्यालय, सिरहामा उक्त बैठक आयोजना गरिएको हो।

शिक्षा अधिकृत विरेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

बैठकमा विद्यालय क्षेत्र सुधार कार्यक्रम, एकीकृत शैक्षिक व्यवस्थापन प्रणाली (ईएमआईएस), विद्यालय सुधार योजना निर्माण तथा कार्यान्वयन, आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शैक्षिक प्रतिबद्धता लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।

छलफलका क्रममा सहभागीहरूले विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने, सामुदायिक सहभागिता बढाउने तथा जवाफदेहिता सुनिश्चित गर्ने सम्बन्धमा विभिन्न सुझाव प्रस्तुत गरेका थिए। प्राप्त सुझाव तथा प्रस्तावहरूमाथि आवश्यक निर्णयसमेत गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको सहजीकरण मोनू गुप्ताले गरेका थिए। सहभागीहरूले शिक्षा क्षेत्रमा नागरिक समाजको सक्रिय सहभागिताले विद्यालयको सुशासन, पारदर्शिता तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..