मधेश खेलकुद परिषदद्वारा पहिलोपटक राष्ट्रिय कुश्ती प्रतियोगिता आयोजना हुदैँ

3 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, जेष्ठ ३१गते 

 

 मधेश खेलकुद परिषदको आयोजनामा पहिलोपटक राष्ट्रियस्तरको कुश्ती प्रतियोगिता आगामी असार ३, ४ र ५ गते जनकपुरधाममा आयोजना हुने भएको छ। प्रतियोगितामा देशभरका सातवटै प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने जनाइएको छ।

प्रतियोगिताबारे जानकारी दिँदै मधेश खेलकुद परिषदका सदस्य–सचिव शिवजी प्रसाद गुप्ताले कुश्ती नेपालको मौलिक तथा परम्परागत खेल भएकाले यसको संरक्षण, प्रवर्द्धन र विकासका लागि परिषदले विशेष पहल गरेको बताए। उनले प्रतियोगिताले कुश्ती खेलप्रति युवाको आकर्षण बढाउनुका साथै राष्ट्रियस्तरका प्रतिभावान खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

परिषदका अनुसार प्रतियोगिताको तयारीस्वरूप जेठ ३० गतेदेखि असार २ गतेसम्म बन्द प्रशिक्षण (क्लोज्ड क्याम्प) सञ्चालन गरिनेछ। प्रतियोगितामा सात प्रदेशका टोलीसँगै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका विभागीय टोली सहभागी हुनेछन्।

प्रत्येक टोलीबाट १० जना पुरुष खेलाडी, ५ जना महिला खेलाडी तथा २ जना प्रशिक्षक सहभागी हुने व्यवस्था गरिएको छ। यसअनुसार प्रतियोगितामा उल्लेख्य संख्यामा खेलाडी तथा प्रशिक्षकहरूको सहभागिता रहनेछ।

मधेश प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय कुश्ती प्रतियोगिताले परम्परागत खेलको संरक्षणसँगै खेल पर्यटन, खेल संस्कृतिको विकास तथा प्रदेशको खेलकुद गतिविधिलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। परिषदले प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन आवश्यक तयारी तीव्र गतिमा अघि बढाइएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..