धानुक जातिको धर्म, संस्कृति रीतिरिवाज संरक्षणबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

2 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम जेष्ठ २३ गते 

 

धानुक समुदायको धर्म, संस्कृति, भाषा तथा परम्परागत रीतिरिवाजको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ।

 

नेपाल धानुक समाज केन्द्रीय समितिको आयोजनामा तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान को सहयोगमा आयोजित कार्यक्रममा समुदायका अगुवा, बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सचिव सुरेश मण्डल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता नेपाल धानुक समाजका केन्द्रीय अध्यक्ष शिवचन्द्र मण्डल ले गर्नुभएको थियो।

कार्यक्रममा नेपाल धानुक समाजका केन्द्रीय सदस्य बेचन मण्डल, पिपुल्स प्रोमोट सेन्टर का अध्यक्ष कमलेश मण्डल, समाजसेवी भोगेन्द्र मण्डल लगायत सिरहा, महोत्तरी र धनुषा जिल्लाका धानुक समाजका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रस्तुत सुझाव प्रतिवेदनमार्फत प्रमुख अतिथि सुरेश मण्डलले धानुक समुदायको मौलिक पहिचान संरक्षणका लागि भाषा, संस्कृति, भूगोल र सामाजिक इतिहासलाई जोडेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले समुदायको भाषा र सांस्कृतिक सम्पदाको संरक्षण नभए पहिचान संकटमा पर्न सक्ने बताउँदै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, परम्परा र मूल्य–मान्यतासँग जोड्नुपर्नेमा जोड दिनुभयो।

वक्ताहरूले धानुक समुदायको धार्मिक, सांस्कृतिक तथा सामाजिक परम्परालाई दस्तावेजीकरण गर्दै संरक्षणका लागि राज्य तथा सरोकारवाला निकायहरूले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। साथै समुदायको भाषा, भेषभूषा, लोकसंस्कृति र संस्कारलाई जगेर्ना गर्न सामूहिक पहल आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

कार्यक्रमले धानुक समुदायको ऐतिहासिक पहिचान, धर्म, संस्कृति तथा रीतिरिवाजको संरक्षण र प्रवर्द्धनका लागि साझा प्रतिबद्धता व्यक्त गर्दै विभिन्न सुझावहरू समेत संकलन गरेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..