युवा लाई सीपमार्फत आत्मनिर्भर बनाउन १५ दिने प्लम्बर तालिम सुरु

2 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

धनुषा, जेष्ठ १४ गते 

धनौजी गाउँपालिका–२ स्थित राम जानकी मन्दिर परिसरमा युवाहरुलाई लक्षित गर्दै १५ दिने प्लम्बर तालिम आज देखि औपचारिक रूपमा सुरु गरिएको छ। बेरोजगार युवालाई व्यावहारिक सीप प्रदान गरी स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजक संस्था जन चेतना नेपालले जनाएको छ।

 

तालिम उद्घाटन कार्यक्रममा बोल्दै धनौजी गाउँपालिकाका अध्यक्ष राज कुमार साहले युवामा सीप र दक्षता विकास भए मात्र स्थानीय स्तरमै रोजगारीको सम्भावना बढ्ने बताए। उनले गाउँपालिकाले आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। “युवालाई सक्षम बनाउने आधार नै सीप हो,” उनले भने, “सीप सिकेपछि रोजगार खोज्न होइन, रोजगार सिर्जना गर्न सकिन्छ।”

जन चेतना नेपालका अध्यक्ष दिपक कुमार मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. २ का अध्यक्ष उदय साह विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले तालिमले युवालाई आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। उनले सिकेको सीपलाई व्यवहारमा उतारेर आफ्नै ठाउँमा आयआर्जनको माध्यम बनाउन सहभागीहरुलाई आग्रह गरे।

१५ दिनसम्म सञ्चालन हुने तालिममा प्लम्बिङ सम्बन्धी आधारभूत ज्ञानसँगै व्यवहारिक अभ्याससमेत गराइने जनाइएको छ। कार्यक्रममा वडा सदस्य रोशन मिश्र, अलि नदाफ, सञ्जु मण्डल, श्यामा पासमान लगायत स्थानीय नागरिक समाजका प्रतिनिधि तथा युवाहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..