तालिममा सिकेको सीप कक्षाकोठासम्म पुर्याउन शिक्षा शाखा प्रमुख मुखियाको आग्रह

2 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम जेष्ठ १३गते 

 

विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले शहीद नगरपालिकामा ६ दिने टार्ल (टिचिङ एट द राइट लेभल) शिक्षक तालिम सम्पन्न भएको छ।

स्ट्रिट चाइल्डको प्राविधिक सहयोग, हेम्पेल फाउन्डेसनको आर्थिक सहयोग तथा आसमा नेपालको आयोजनामा सम्पन्न तालिममा शहीद नगरपालिकाका ३० वटा विद्यालयका ३० जना शिक्षक सहभागी भएका थिए। कार्यक्रम श्री जनता विष्णु आधारभूत विद्यालय, यदुकूहामा सञ्चालन गरिएको हो।

तालिममा शिक्षकहरुलाई विद्यार्थीको सिकाइ स्तरअनुसार प्रभावकारी शिक्षण विधि, कक्षाकोठा व्यवस्थापन, सिकाइ मूल्यांकन तथा सिकाइ उपलब्धि अभिवृद्धिसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा टार्ल प्रशिक्षक रंजेश यादव तथा मूल्यांकन तथा अनुगमन अधिकृत मुकेश रजकले सहजीकरण गरेका थिए। तालिमका क्रममा सहभागी शिक्षकहरुलाई ब्यागसहित आवश्यक शैक्षिक सामग्री समेत उपलब्ध गराइएको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा बोल्दै शहीद नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रदीप मुखियाले तालिममा सिकेका ज्ञान, सीप र अनुभवलाई व्यवहारिक रूपमा कक्षाकोठासम्म पुर्‍याउन शिक्षकहरुलाई आग्रह गरे।

उनले “तालिममा सिकेको कुरा विद्यालय र कक्षाकोठामा प्रयोग हुन सकेन भने त्यस्तो तालिमको कुनै औचित्य रहँदैन,” भन्दै विद्यार्थी केन्द्रित शिक्षण पद्धति अवलम्बन गर्न शिक्षकहरुलाई प्रेरित गरे।

सहभागी शिक्षकहरुले तालिमले शिक्षण शैली सुधार गर्न, विद्यार्थीको सिकाइ स्तर पहिचान गर्न तथा प्रभावकारी अध्यापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..