शहीदनगरमा राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको मध्यावधि समीक्षा सम्पन

4 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

शहीदनगर, जेष्ठ १४ गते 

 

धनुषाको शहीदनगर नगरपालिकामा ६ महिना देखि ५९ महिना उमेर समूहका बालबालिकालाई लक्षित गरी सञ्चालनमा रहेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको मध्यावधि समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।

आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन भइरहेको उक्त कार्यक्रम २०८३ वैशाख १५ गतेदेखि लागू गरिएको हो। कार्यक्रमको आयोजना शहीदनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयले गरेको हो। गोष्ठी नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख दिनेश प्रसाद यादव ले गरेका थिए। कार्यक्रममा नगरभित्र सञ्चालनमा रहेका पोषणसम्बन्धी गतिविधिको प्रगति, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो।

गोष्ठीमा बालबालिकाको पोषण अवस्था सुधार गर्न स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो। सहभागीहरूले कुपोषण न्यूनीकरण, नियमित अनुगमन, अभिभावक सचेतना तथा पोषणमैत्री व्यवहार प्रवर्द्धनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।

नगर प्रमुख यादवले बालबालिकाको समुचित पोषण सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै पोषण सुधारका कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाइने प्रतिबद्धता व्यक्त गरे। उनले बालबालिकाको स्वास्थ्य र भविष्य सुरक्षित गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..