जनकपुरधाममा चार दिवसीय “वृहद योग विज्ञान शिविर २०८३” सुरु

2 महीना पहिले प्रकाशित

 

विनोद कुमार साह 

जनकपुरधाम, जेठ ११ गते सोमबार

जनकपुरधामस्थित तिरहुतिया गाछी परिसरमा हजारौं मानिसहरूको उपस्थितिमा आज विहान देखि चार दिवसीय “वृहद योग विज्ञान शिविर २०८३” भव्य रूपमा सुरु भएको छ। महिला पतञ्जली योग समिति नेपाल तथा पतञ्जली योग समितिको आयोजनामा सञ्चालन भइरहेको उक्त शिविर पुज्य श्री साध्वी देवादितीको सानिध्यमा भइरहेको हो।

शिविरको पहिलो दिन सहभागीहरूलाई सम्बोधन गर्दै पुज्य श्री साध्वी देवादितीले योग मानव जीवनको अमूल्य आधार भएको बताउँदै नियमित योग, प्राणायाम तथा ध्यानले शारीरिक र मानसिक स्वास्थ्य सुदृढ हुने उल्लेख गर्नुभयो। उहाँले व्यस्त जीवनशैलीका कारण बढिरहेका विभिन्न रोगबाट बच्न योगलाई दैनिक जीवनमा अपनाउनुपर्नेमा जोड दिनुभयो।

शिविरमा योग, प्राणायाम, ध्यान तथा स्वस्थ जीवनशैली सम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिँदैछ। कार्यक्रममा विभिन्न उमेर समूहका स्वास्थ्यप्रति सचेत नागरिकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

उक्त योग शिविर जेठ ११ गतेदेखि १४ गतेसम्म प्रत्येक बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ। आयोजकले सबैलाई शिविरमा सहभागी भई योगमार्फत स्वस्थ र सकारात्मक जीवनशैली अपनाउन आग्रह गरेको छ।

“योग अपनाऔं, स्वस्थ समाज बनाऔं” भन्ने मूल नारासहित सञ्चालन भइरहेको शिविरले जनस्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्या्उने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..