जनकपुरधाममा १९ औँ राष्ट्रिय सोतोकान कराते प्रतियोगिता सुरु

4 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, जेष्ठ ९ गते 

 

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित जनकपुरधाम स्थित धनुषा जिल्ला खेलकुद विकास समिति (कभर्ड हल) मा शुक्रबारदेखि “१९ औँ राष्ट्रिय सोतोकान कराते प्रतियोगिता तथा तेस्रो वडा अध्यक्ष कप खेलकुद कार्यक्रम–२०८३” सुरु भएको छ।

दुई दिने प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रवक्ता मनिष झा ले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुद मार्फत युवामा सकारात्मक ऊर्जा र आत्मविश्वास वृद्धि हुने बताए।

जनकपुरधाम उपमहानगरपालिका–८ वडा कार्यालयको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन विभिन्न विधाका प्रतिस्पर्धा रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेका थिए। कार्यक्रममा वडा अध्यक्ष दिनेश कुमार सिंह, नेपाल सोतोकान कराते संघ मधेश प्रदेशका पदाधिकारी, रेफ्री टोली, मेडिकल टिम तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..