जनकपुरधाममा १९ औँ राष्ट्रिय सोतोकान कराते प्रतियोगिता सुरु

5 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, जेष्ठ ९ गते 

 

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित जनकपुरधाम स्थित धनुषा जिल्ला खेलकुद विकास समिति (कभर्ड हल) मा शुक्रबारदेखि “१९ औँ राष्ट्रिय सोतोकान कराते प्रतियोगिता तथा तेस्रो वडा अध्यक्ष कप खेलकुद कार्यक्रम–२०८३” सुरु भएको छ।

दुई दिने प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रवक्ता मनिष झा ले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुद मार्फत युवामा सकारात्मक ऊर्जा र आत्मविश्वास वृद्धि हुने बताए।

जनकपुरधाम उपमहानगरपालिका–८ वडा कार्यालयको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन विभिन्न विधाका प्रतिस्पर्धा रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेका थिए। कार्यक्रममा वडा अध्यक्ष दिनेश कुमार सिंह, नेपाल सोतोकान कराते संघ मधेश प्रदेशका पदाधिकारी, रेफ्री टोली, मेडिकल टिम तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..