हिमेश चौधरी र सिम्रनको अभिनय रहेको “हम भगेली फिदा” सार्वजनिक

5 महीना पहिले प्रकाशित

 

मोनु गुप्ता 

राष्ट्रिय आवाज

जनकपुरधाम, जेष्ठ ९ गते 

स्थानीय कलाकारहरूको सक्रियता सँगै मैथिली गीत–संगीत क्षेत्रमा नयाँ सिर्जनाहरू आउने क्रम जारी रहेका बेला गायक तथा कलाकार हिमेश चौधरीको नयाँ मैथिली गीत “हम भगेली फिदा” आज सार्वजनिक गरिएको छ।

 

ड्रिम म्युजिकको प्रस्तुतिमा निर्माण गरिएको उक्त गीत जनकपुरधाम स्थित महावीर चोकको होटल किशनमा आयोजित कार्यक्रम बीच सार्वजनिक गरिएको हो। कार्यक्रममा संगीतप्रेमी, कलाकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

रोमान्टिक कथावस्तुमा आधारित गीतमा हिमेश चौधरीकै शब्द तथा स्वर रहेको छ। गीतको भिडियोमा हिमेश चौधरी सँगै स्नातक तहमा अध्ययनरत सिम्रनको अभिनय देख्न सकिन्छ। भिडियोमा प्रस्तुत गरिएको भावनात्मक तथा आकर्षक दृश्यले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको उद्घोषण किसन भगतले गरेका थिए। कार्यक्रममा सहभागीहरूले मैथिली संगीत लाई आधुनिक शैलीमा प्रस्तुत गर्दै नयाँ पुस्तालाई जोड्ने प्रयास सकारात्मक रहेको बताएका थिए।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेको आयोजकले जनाएको छ। स्थानीय कलाकारहरूले यस्ता सिर्जनात्मक कार्यले मैथिली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..