सीजी ग्रुप विरुद्धको मुद्दामा युवा नेता आदर्श मण्डलको जीत

4 महीना पहिले प्रकाशित

दिपक श्रेष्ठ मण्डल 

जनकपुरधाम , जेष्ठ ६ गते 

 

 

नेपाली कम्युनिस्ट पार्टी निकटका युवा नेता आदर्श मण्डलले देशकै प्रतिष्ठित व्यावसायिक घराना सीजी ग्रुप अन्तर्गतको चौधरी ग्रुपले आफूविरुद्ध दायर गरेको मुद्दामा अदालतबाट जीत हासिल गरेका छन्। लामो समयदेखि चलिरहेको कानुनी प्रक्रियापछि अदालतले मण्डलको पक्षमा फैसला सुनाएको जनाइएको छ।

जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दा “गाली बेइज्जती गरेको (दफा ३०६)” सम्बन्धी रहेको थियो। मुद्दामा चौधरी ग्रुप प्रा.लि. तथा चौधरी ग्रुप अन्तर्गत सिजी फुड्स नेपाल लिमिटेड समेत वादी रहेका थिए भने प्रतिवादीका रूपमा युवा नेता आदर्श मण्डल रहेका थिए। अदालतले अन्तिम आदेशमा “दावी नपुगेको” भन्दै मुद्दा फैसला गरेको अदालत स्रोतले जनाएको छ। अदालतको फैसलापछि प्रतिक्रिया दिँदै मण्डलले सत्य र न्याय अन्ततः विजयी हुने बताएका छन्। उनले भने, “सत्यको जीत अलि ढिलो हुन्छ, तर जीत अवश्य हुन्छ। न्यायप्रति विश्वास राख्नेहरू कहिल्यै हार्दैनन्।” मण्डलले मुद्दाको सफल प्रतिरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफ्नो कानुनी टोलीप्रति विशेष आभार व्यक्त गरेका छन्।

अधिवक्ता राम बिलास यादव, रकी प्रसाद साह तथा अञ्जली सिंहले कानुनी बहस तथा प्रतिरक्षामा प्रभावकारी भूमिका खेलेको बताइएको छ। फैसलापछि मण्डलका समर्थक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्। समर्थकहरूले यस घटनालाई सत्य, न्याय र संघर्षको जीतका रूपमा व्याख्या गरेका छन्। राजनीतिक तथा सामाजिक वृत्तमा समेत उक्त फैसला अहिले चर्चा र चासोको विषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..