आमा–छोराको शंकास्पद मृत्यु : परिवार द्वारा हत्याको आरोप, निष्पक्ष छानबिनको माग

6 महीना पहिले प्रकाशित

 

डी एस मण्डल

जनकपुरधाम, जेठ ३ गते 

 धनुषाको धनुषाधाम नगरपालिकामा एक महिला र उनका १८ महिनाका छोरा मृत अवस्थामा फेला परेको घटनाले नयाँ मोड लिएको छ । मृतकका माइती पक्षले आमा–छोराको हत्या गरिएको आरोप लगाउँदै निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।

गत वैशाख २४ गते धनुषाधाम नगरपालिका–७ किसानपुर निवासी २४ वर्षीया बबिता साह आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् भने उनका १८ महिनाका छोरा पनि मृत अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रारम्भिक अनुसन्धानमा बबिताले आफ्ना छोराको हत्या गरी आफूले आत्महत्या गरेको देखिएको जनाएको छ ।

तर आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मृतक बबिताकी आमा बिणा देवी साहले छोरी र नातिको हत्या गरिएको दाबी गरिन् । उनले छोरीलाई हत्या गरेर झुण्ड्याइएको तथा नातिको पनि हत्या गरिएको आरोप लगाइन् ।

उनका अनुसार ज्वाइँ धर्मेन्द्र साह केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर आएर पुनः विदेश फर्किएका थिए । करिब २० दिनअघि उनी विदेश गएको बताइएको छ ।

बिणा देवी साहले वैशाख २३ गते राति बबिताको आफ्ना ससुरा प्रमोद साह, जेठाजु विरेन्द्र साह, सासु तथा जेठानीसँग विवाद भएको बताइन् । “मेरो छोरी पढेलेखेकी थिइन्, उनी सधैं केही राम्रो गर्न खोज्थिन् । यही कुरा उनीहरूलाई मन पर्दैनथ्यो,” उनले पत्रकार सम्मेलनमा भनिन् ।

घरायसी हिसाब–किताबको विषयलाई लिएर विवाद भएको र सोही राति छोरी तथा नातिको हत्या गरिएको उनको आरोप छ । घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी माथि कारबाही गर्न उनले सम्बन्धित निकायसँग माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..