जिल्ला स्तरीय खेलाडी छनौट प्रतियोगिता आयोजन

6 महीना पहिले प्रकाशित

 

राष्ट्रिय अवाज 

जनकपुरधाम, जेष्ठ १ गते 

जिल्ला खेलकुद विकास समितिको आयोजनामा विभिन्न खेलका जिल्ला स्तरीय  खेलाडी छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रम समितिका अध्यक्ष कुश कुमार यादवको प्रमुख आतिथ्यमा विधिवत रूपमा आज आयोजन गरिएको थियो।

 

उद्घाटन कार्यक्रममा खेलाडी, प्रशिक्षक, खेलप्रेमी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश कुमार यादवले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सक्षम बनाउने उल्लेख गर्दै जिल्लामा खेल प्रतिभाको पहिचान तथा विकासका लागि यस्ता प्रतियोगिता अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले खेलाडीहरूलाई मेहनत, अनुशासन र निरन्तर अभ्यास मार्फत प्रदेश तथा राष्ट्रिय स्तरमा जिल्लाको नाम उजागर गर्न आग्रह गर्नुभयो ।

समितिले प्रतियोगिता मार्फत उत्कृष्ट खेलाडी छनौट गरी आगामी प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता गराइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..