सपहीमा ५ दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

4 महीना पहिले प्रकाशित

 

विनोद कुमार साह 

जनकपुरधाम, जेठ १ गते 

 नेपालको मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीमा आयोजित विशाल ५ दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न भएको छ।

नेपाल पतञ्जली योग समिति को आयोजनामा वैशाख २७ गतेदेखि सुरु भएको उक्त शिविर आज जेठ १ गते समापन गरिएको हो।

समापन कार्यक्रममा प्रमुख अतिथि तथा लवदेव मिश्र ले योग नै हरेक रोगलाई जरैदेखि निको पार्ने प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले नियमित योग अभ्यासले स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

शिविरमा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम अन्तर्गत दैनिक योग अभ्यास, स्वास्थ्य सचेतना कार्यक्रम तथा “यज्ञ हवन” समेत सम्पन्न गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, महिला, युवा तथा स्थानीय सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..