कानुन दिवसमा जनकपुरधाममा न्यायिक महोत्सव, न्याय प्रणालीबारे जनचेतना फैलाइने

4 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम । मधेश प्रदेशमा पहिलो पटक न्यायिक महोत्सव आयोजना हुने भएको छ । कानुन दिवसको अवसरमा शनिबार जनकपुरधाममा उक्त महोत्सव आयोजना गर्न लागिएको उच्च अदालत जनकपुर का कायममुकायम प्रमुख न्यायाधीश टेक नारायण कुँवर ले जानकारी दिएका छन् ।

आज शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत प्रमुख न्यायाधीश कुँवरले महोत्सव बारे जानकारी दिएका हुन् । उनका अनुसार महोत्सवमा उच्च अदालत जनकपुर अन्तर्गत रहेका उच्च अदालत वीरगञ्ज इजलास र उच्च अदालत सिरहा इजलास सहित पुनरावेदन सुन्ने आठवटै जिल्लाका न्यायाधीश, सरकारी वकिल, कार्यालय प्रमुख, कर्मचारी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

जनकपुरधाम स्थित महेन्द्र नारायण निधि सांस्कृतिक केन्द्र मा आयोजना हुने महोत्सवमा जनचेतना अभिवृद्धि गर्ने, न्याय सम्पादन प्रक्रियाबारे जानकारी गराउने तथा अदालत र सरकारी वकिल कार्यालयले गर्ने कामकारबाही बारे जानकारी दिने लगायतका कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

त्यसैगरी कार्यक्रममा परामर्श, अन्तरक्रिया तथा प्रस्तुतीकरण सम्बन्धी कार्यक्रम पनि समावेश गरिएको प्रमुख न्यायाधीश कुँवरले जानकारी दिए । कार्यक्रमको उद्घाटन भर्चुअल माध्यमबाट सर्वोच्च अदालत का प्रधानन्यायाधीशले गर्ने जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र लाभ कर्ण रहनेछन् । साथै कृष्ण प्रसाद यादव र फकिरा महतो ले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..