कानुन दिवसमा जनकपुरधाममा न्यायिक महोत्सव, न्याय प्रणालीबारे जनचेतना फैलाइने

6 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम । मधेश प्रदेशमा पहिलो पटक न्यायिक महोत्सव आयोजना हुने भएको छ । कानुन दिवसको अवसरमा शनिबार जनकपुरधाममा उक्त महोत्सव आयोजना गर्न लागिएको उच्च अदालत जनकपुर का कायममुकायम प्रमुख न्यायाधीश टेक नारायण कुँवर ले जानकारी दिएका छन् ।

आज शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत प्रमुख न्यायाधीश कुँवरले महोत्सव बारे जानकारी दिएका हुन् । उनका अनुसार महोत्सवमा उच्च अदालत जनकपुर अन्तर्गत रहेका उच्च अदालत वीरगञ्ज इजलास र उच्च अदालत सिरहा इजलास सहित पुनरावेदन सुन्ने आठवटै जिल्लाका न्यायाधीश, सरकारी वकिल, कार्यालय प्रमुख, कर्मचारी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

जनकपुरधाम स्थित महेन्द्र नारायण निधि सांस्कृतिक केन्द्र मा आयोजना हुने महोत्सवमा जनचेतना अभिवृद्धि गर्ने, न्याय सम्पादन प्रक्रियाबारे जानकारी गराउने तथा अदालत र सरकारी वकिल कार्यालयले गर्ने कामकारबाही बारे जानकारी दिने लगायतका कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

त्यसैगरी कार्यक्रममा परामर्श, अन्तरक्रिया तथा प्रस्तुतीकरण सम्बन्धी कार्यक्रम पनि समावेश गरिएको प्रमुख न्यायाधीश कुँवरले जानकारी दिए । कार्यक्रमको उद्घाटन भर्चुअल माध्यमबाट सर्वोच्च अदालत का प्रधानन्यायाधीशले गर्ने जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र लाभ कर्ण रहनेछन् । साथै कृष्ण प्रसाद यादव र फकिरा महतो ले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..