नेपाल लाइफले रक्तदान सँगै मनायो २५ औँ वार्षिकोत्सव

4 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

राष्ट्रिय आवाज 

जनकपुरधाम वैशाख २१

 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ औँ वार्षिकोत्सवको अवसरमा जनकपुरधाम स्थित ऐतिहासिक जनक चौकमा रक्तदान कार्यक्रम आयोजना गरेका छन।

स्वास्थ्यप्रति सचेतना अभिवृद्धि र जीवन बचाउने मानवीय अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा युवा , कम्पनीका कर्मचारी तथा सर्वसाधारणको सम्मानजनक सहभागिता रहेको थियो। कार्यक्रममा कुल २५ जना स्वेच्छिक रक्तदाताले रक्तदान गरेका छन्।

कार्यक्रमको औपचारिक जानकारी दिँदै नेपाल लाइफ इन्स्योरेन्स जनकपुर शाखा प्रमुख संजय कुमार कामतले भने, रक्तदान जीवनदान हो, यसले आपतकालीन अवस्थामा धेरै जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्छ।” उनले आगामी दिनहरूमा पनि स्वास्थ्य, जनचेतना तथा मानवीय सेवासम्बन्धी यस्ता कार्यक्रमलाई निरन्तर रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमका क्रममा रक्तदाताहरूलाई धन्यवाद तथा सम्मान व्यक्त गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..