नेपाल लाइफले रक्तदान सँगै मनायो २५ औँ वार्षिकोत्सव

6 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

राष्ट्रिय आवाज 

जनकपुरधाम वैशाख २१

 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ औँ वार्षिकोत्सवको अवसरमा जनकपुरधाम स्थित ऐतिहासिक जनक चौकमा रक्तदान कार्यक्रम आयोजना गरेका छन।

स्वास्थ्यप्रति सचेतना अभिवृद्धि र जीवन बचाउने मानवीय अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा युवा , कम्पनीका कर्मचारी तथा सर्वसाधारणको सम्मानजनक सहभागिता रहेको थियो। कार्यक्रममा कुल २५ जना स्वेच्छिक रक्तदाताले रक्तदान गरेका छन्।

कार्यक्रमको औपचारिक जानकारी दिँदै नेपाल लाइफ इन्स्योरेन्स जनकपुर शाखा प्रमुख संजय कुमार कामतले भने, रक्तदान जीवनदान हो, यसले आपतकालीन अवस्थामा धेरै जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्छ।” उनले आगामी दिनहरूमा पनि स्वास्थ्य, जनचेतना तथा मानवीय सेवासम्बन्धी यस्ता कार्यक्रमलाई निरन्तर रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमका क्रममा रक्तदाताहरूलाई धन्यवाद तथा सम्मान व्यक्त गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..