शिक्षा समन्वय प्रमुख पोखरेलको योगदानको कदर, बिदाइ कार्यक्रम

5 महीना पहिले प्रकाशित


दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, वैशाख १० गते
शिक्षा विकास तथा समन्वय इकाइ धनुषाका प्रमुख चेतकुमार पोखरेलको बिदाइ तथा सम्मान कार्यक्रम आज एक विशेष समारोह बीच सम्पन्न भएको छ। सरुवा भई ललितपुर जान लागेका पोखरेललाई श्री जनता नमूना माध्यमिक विद्यालय, गिद्धा–बेलापट्टीले सम्मान सहित बिदाइ गरेको हो।


विद्यालयका प्रधानाध्यापक पवन मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षक, शिक्षाप्रेमी, पत्रकार तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उतिमलाल मण्डल, विमलदेव विराजी र मुकेश कुमार चौधरी सहभागी थिए।


कार्यक्रममा वक्ताहरूले पोखरेलले धनुषाको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा भौतिक पूर्वाधार विकासमा उनको भूमिका उल्लेखनीय रहेको बताए। उनीहरूले पोखरेलको कार्यशैलीलाई समन्वयकारी र परिणाममुखी रहेको भन्दै सराहना गरे।
आफ्नो मन्तव्यमा पोखरेलले जनकपुरधाममा बिताएको कार्यकाललाई स्मरणीय अनुभवका रूपमा चित्रण गर्दै ३० वर्षको सरकारी सेवामा जनकपुर धामको कार्यकाल विशेष रूपमा सफल र सन्तोषजनक रहेको बताए। उनले धनुषावासीबाट प्राप्त सहयोग, सद्भाव र सम्मानप्रति आभार व्यक्त गरे।

समारोहमा विद्यालयका तर्फबाट उनलाई मायाको चिनो तथा कोशेली प्रदान गरिएको थियो। सहभागीहरूले पोखरेलको आगामी कार्यकाल सफल रहोस् भन्दै शुभकामना व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..