शिक्षा समन्वय प्रमुख पोखरेलको योगदानको कदर, बिदाइ कार्यक्रम

6 महीना पहिले प्रकाशित


दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, वैशाख १० गते
शिक्षा विकास तथा समन्वय इकाइ धनुषाका प्रमुख चेतकुमार पोखरेलको बिदाइ तथा सम्मान कार्यक्रम आज एक विशेष समारोह बीच सम्पन्न भएको छ। सरुवा भई ललितपुर जान लागेका पोखरेललाई श्री जनता नमूना माध्यमिक विद्यालय, गिद्धा–बेलापट्टीले सम्मान सहित बिदाइ गरेको हो।


विद्यालयका प्रधानाध्यापक पवन मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षक, शिक्षाप्रेमी, पत्रकार तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उतिमलाल मण्डल, विमलदेव विराजी र मुकेश कुमार चौधरी सहभागी थिए।


कार्यक्रममा वक्ताहरूले पोखरेलले धनुषाको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा भौतिक पूर्वाधार विकासमा उनको भूमिका उल्लेखनीय रहेको बताए। उनीहरूले पोखरेलको कार्यशैलीलाई समन्वयकारी र परिणाममुखी रहेको भन्दै सराहना गरे।
आफ्नो मन्तव्यमा पोखरेलले जनकपुरधाममा बिताएको कार्यकाललाई स्मरणीय अनुभवका रूपमा चित्रण गर्दै ३० वर्षको सरकारी सेवामा जनकपुर धामको कार्यकाल विशेष रूपमा सफल र सन्तोषजनक रहेको बताए। उनले धनुषावासीबाट प्राप्त सहयोग, सद्भाव र सम्मानप्रति आभार व्यक्त गरे।

समारोहमा विद्यालयका तर्फबाट उनलाई मायाको चिनो तथा कोशेली प्रदान गरिएको थियो। सहभागीहरूले पोखरेलको आगामी कार्यकाल सफल रहोस् भन्दै शुभकामना व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..