वडा नं. ८ द्वारा विद्यार्थीलाई साइकल वितरण, शिक्षामा पहुँच विस्तारमा जोड

6 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज

जनकपुरधाम, वैशाख ७ गते (सोमबार)

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ को योजनाअन्तर्गत श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरू लाई ११ थान साइकल वितरण गरिएको छ। वडा अध्यक्ष दिनेश सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिवारीले शिक्षा क्षेत्रको विकासका लागि भौतिक तथा व्यावहारिक सहयोग आवश्यक रहेको बताउनुभयो। “विद्यालय सम्मको दूरीले कतिपय विद्यार्थीको पढाइ प्रभावित हुने गरेको छ, साइकल वितरणले त्यसमा राहत पुग्नेछ,” उहाँले भन्नुभयो, “सरकारको ध्यान अब गुणस्तरीय र पहुँच युक्त शिक्षातर्फ केन्द्रित छ।”

 

 वडा अध्यक्ष दिनेश सिंहले शिक्षा क्षेत्रमा लगानीलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। “हाम्रो वडामा कुनै पनि विद्यार्थी आर्थिक वा भौगोलिक कारणले पढाइबाट वञ्चित नहोस् भन्ने लक्ष्यका साथ काम गरिरहेका छौं,” उनले भने, “साइकल वितरण जस्ता साना पहलले विद्यार्थीको दैनिकीमा ठूलो सहजता ल्याउनेछ।”

उहाँले वडा कार्यालयले आगामी दिनमा समेत विद्यालयको पूर्वाधार विकास, शैक्षिक सामग्री सहयोग तथा छात्रवृत्ति लगायत कार्यक्रम अघि बढाउने योजना रहेको जानकारी दिनुभयो।

साइकल पाएका विद्यार्थीहरूले विद्यालय आउ जाउमा सहजता हुने भन्दै खुसी व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..