वडा नं. ८ द्वारा विद्यार्थीलाई साइकल वितरण, शिक्षामा पहुँच विस्तारमा जोड

5 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज

जनकपुरधाम, वैशाख ७ गते (सोमबार)

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ को योजनाअन्तर्गत श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरू लाई ११ थान साइकल वितरण गरिएको छ। वडा अध्यक्ष दिनेश सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिवारीले शिक्षा क्षेत्रको विकासका लागि भौतिक तथा व्यावहारिक सहयोग आवश्यक रहेको बताउनुभयो। “विद्यालय सम्मको दूरीले कतिपय विद्यार्थीको पढाइ प्रभावित हुने गरेको छ, साइकल वितरणले त्यसमा राहत पुग्नेछ,” उहाँले भन्नुभयो, “सरकारको ध्यान अब गुणस्तरीय र पहुँच युक्त शिक्षातर्फ केन्द्रित छ।”

 

 वडा अध्यक्ष दिनेश सिंहले शिक्षा क्षेत्रमा लगानीलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। “हाम्रो वडामा कुनै पनि विद्यार्थी आर्थिक वा भौगोलिक कारणले पढाइबाट वञ्चित नहोस् भन्ने लक्ष्यका साथ काम गरिरहेका छौं,” उनले भने, “साइकल वितरण जस्ता साना पहलले विद्यार्थीको दैनिकीमा ठूलो सहजता ल्याउनेछ।”

उहाँले वडा कार्यालयले आगामी दिनमा समेत विद्यालयको पूर्वाधार विकास, शैक्षिक सामग्री सहयोग तथा छात्रवृत्ति लगायत कार्यक्रम अघि बढाउने योजना रहेको जानकारी दिनुभयो।

साइकल पाएका विद्यार्थीहरूले विद्यालय आउ जाउमा सहजता हुने भन्दै खुसी व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..