श्री शिव विनायक मन्दिर स्थापनार्थ आज कलश यात्रा

6 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, वैशाख ६ गते आइतबार

जनकपुरधाम–८ गोरधोई पोखरी क्षेत्रमा निर्माण सम्पन्न भएको श्री शिव–विनायक मन्दिरको स्थापनार्थ आज भव्य कलश यात्रा आयोजना गरिएको छ। धार्मिक आस्था र परम्पराअनुसार आयोजित उक्त कलश यात्रामा स्थानीय श्रद्धालु, महिला तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको छ।

आयोजक समाजसेवी रोशन साहका अनुसार मन्दिरको औपचारिक स्थापना आज कलश यात्रा सम्पन भएको र भोलि प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिनेछ। उनले धार्मिक स्थलको संरक्षण तथा समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

उक्त कार्यक्रम गोरधोई सर संरक्षण समितिको आयोजना तथा राजर्षि नगर टोल सुधार समितिको सहकार्यमा सञ्चालन भइरहेको छ। आयोजकका अनुसार यसले क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।युवा सरसफाइ अभियानी पुष्प राज कुंवर, समाजसेवी बजरङ्ग यादब , स्थानिय सुरेन्द्र रविदास लगायतका सहभागिता रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..