नव वर्षको अवसरमा विदेहमा सरसफाई तथा वृक्षारोपण

5 महीना पहिले प्रकाशित

 

 

मोनू गुप्ता 

जनकपुरधाम, वैशाख १ गते 

 नव वर्ष २०८३ सालको पहिलो दिन मंगलबारको अवसर पारेर धनुषाको विदेह नगरपालिका–३ तिनकौरियामा बृहत् सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वैष्ण्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष राम आशिष मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सो अवसरमा बोल्दै नगर प्रमुख दासले नव वर्षको सुरुवात सामाजिक कार्यबाट हुनु सकारात्मक सन्देश भएको बताउनुभयो। उहाँले वातावरण संरक्षण, सरसफाई र हरियाली प्रवर्द्धनका लागि यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक रहेकोमा जोड दिनुभयो। साथै नगरलाई स्वच्छ, हरियाली र सुन्दर बनाउन स्थानीय संघ–संस्था र नागरिकबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

सतुवा खाने दिन (सतुवाइन)को सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रम अन्तर्गत सार्वजनिक स्थलहरूको सरसफाई गर्नुका साथै वृक्षारोपण गरिएको थियो।

आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत जय नाथ मण्डलले आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणीय कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिएका थिए।

कार्यक्रममा सन्त निरंकार मण्डली जनकपुरधामका अध्यक्ष बेचु रजक, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, जनप्रतिनिधि, प्रहरी, महिला तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..