मधेश प्रदेशको नीति निर्माणमा बालअधिकार केन्द्रमा ल्याउन दबाब

7 महीना पहिले प्रकाशित

 

मोनू गुप्ता 

जनकपुरधाम, चैत २७ गते 

 मधेश प्रदेशको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा बजेट निर्माण प्रक्रियामा बाल अधिकार लाई केन्द्रमा राख्न नागरिक समाज संस्थाहरूले दबाब दिएका छन्।

नागरिक समाज द्वारा पेश गरिएको सुझावमा बालस्वास्थ्य, पोषण, गुणस्तरीय शिक्षा, बाल सुरक्षा तथा जलवायु परिवर्तनका असर न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ। साथै बालश्रम र बालविवाह न्यूनीकरणका लागि कडा कानुनी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरिएको छ।

सुझावमा स्थानीय तहको बजेटमा कम्तीमा १० प्रतिशत रकम बालबालिकाका लागि अनिवार्य रूपमा छुट्याउनुपर्ने मागसमेत समावेश गरिएको छ।

कार्यक्रममा इन्सेकका प्रदेश संयोजक राजु पासमान, सबल नेपालका नीर बहादुर आले, लाइफ नेपालका सुजिता कुमार झा, कान्तिपुरका अजित तिवारी तथा नील हिरा समाज, जनकपुरका प्रदीप कुमार यादव लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, बाल सञ्जालका प्रतिनिधिहरू शिवशंकर मण्डल (बाल क्लब सञ्जाल, सप्तरी), कल्पना कुमारी साह र महिमा साह (मधेश प्रदेश बाल सञ्जाल) को पनि सक्रिय सहभागिता रहेको थियो।उक्त सुझाव दस्तावेज नीति तथा योजना आयोग, मधेश प्रदेशका सदस्य डा. शिला मिश्र लाई औपचारिक रूपमा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, कार्तिक १३ गते विद्यालय शिक्षा क्षेत्र योजनाको प्रभावकारी कार्यान्वयन र स्थानी..

  मोनु गुप्ता  जनकपुरधाम, कार्तिक १३ गते   मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, कार्तिक १२ गते    ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्à..

दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | जनकपुरधाम, कार्तिक ९ गते नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशका पूर्व भौति..

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज | कार्तिक ८ गते  बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्र..