नगराईन ३ मा निःशुल्क कम्प्युटर तालिम सुरु

5 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

धनुषा चैत्र २२ गते, आईतबार

 नगराईन नगरपालिका वडा नं. ३ मा तीन महिने निःशुल्क कम्प्युटर तालिम आइतबार बाट सुरु गरिएको छ। स्थानीय तहको पहलमा सञ्चालन गरिएको उक्त तालिममा २० जना विद्यार्थी सहभागी छन्।

वडा अध्यक्ष पल्टु साह को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगराईन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कार्यक्रमका प्रमुख अतिथि सुधिर कुमार साहले सूचना प्रविधिको ज्ञान आजको आवश्यकता भएको बताउँदै युवा लाई सीपमुखी बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै धर्मेन्द्र यादवले तालिमले स्थानीय युवाको क्षमता अभिवृद्धि गर्दै रोजगारीको सम्भावना बढाउने विश्वास व्यक्त गरे।

तालिम जनकपुर स्किल डेभलपमेन्ट इन्स्टिच्युट प्रा.लि. को प्राविधिक सहयोगमा सञ्चालन भइरहेको जनाइएको छ। आयोजकका अनुसार तालिम तीन महिनासम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..